back
NMB ad

अब १० रुपैयाँमा १० लाखसम्मको जीवन बिमा गर्न सकिने

Kumari bank ad

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्मार्ट जीवन बीमा योजना ल्याएको छ। दैनिक दश रुपैयाँमा १० लाख रुपैयाँसम्मको जीवन बीमा गराउने योजना कम्पनीले ल्याएको हो।नयाँ योजनाको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागार्इँले नयाँ योजना सार्वजनिक गरे।

उनले नयाँ योजनाले बचत परिचालनमा सघाऊ पुर्याउने बताउँदै योजनाको आफूपनि सदस्य बन्ने घोषणा गरे।कम्पनीका संचालक कमलेशकुमार अग्रवालले बीमाको कभरेज बढाउन नयाँ योजना ल्याएको बताउँदै सबैले नयाँ योजनामा सहभागी बन्न सक्ने बताए।कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले हरेक तह र तप्काका व्यक्तिलार्इ बीमाको दायरमा समेट्न नयाँ योजना ल्याएको बताए।

उनले नयाँ योजनाले बीमाको दायरा पनि बढाउने दाबी गरे।कार्यक्रममा पोखरामा विगत एक दशकदेखि क्रियाशिल कम्पनीका वरिष्ठ अभिकर्ता प्रविण पोखरललार्इ सम्मान गरिएको थियो।कम्पनीका संचालक हरिश्चन्द्र सुवेदीले नयाँ बीमा योजनाले कम्पनीको व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने बताए।उनले जीवन बीमाको विद्यमान कर छुटको प्रावधान बढाउन सकेमा जीवन बीमाको दायरा थप विस्तार हुने बताए।


२८ चैत २०७३, बिजमाण्डु, ७।००

वि.सं.२०७३ चैत २८ सोमवार ०७:२४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...