back
NMB ad

लगानीकर्तालाई हाइड्रोमा लगानीको अवसर, अब विद्युत प्राधिकरणले सर्वसाधारणलाई सेयर विक्री गर्ने

Kumari bank ad

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको दोस्रो आर्थिक पुर्नसंरचनासम्बन्धी अर्थ मन्त्रालयमा पेश गरिएको २० बुँदे प्रस्तावमा सर्वसाधारणलाई सेयर दिने उल्लेख गरिएको छ ।

सेयर जारी गर्दा संस्थालाई सहज ढंगले सञ्चालन गर्न सकिने भन्दै विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको जनाएको छ । विद्युत् प्राधिकरणको ऐन २०४१ को दफा ५ को व्यवस्था कार्यान्वयन नभएकोले यसका लागि सेयर संरचना परिवर्तन गर्न पनि प्राधिकरणले प्रस्ताव गरेको छ । प्रस्तावमा सर्वसाधारणलाई कति सेयर दिन सकिने स्पष्ट उल्लेख गरिएको छैन ।

अर्थमन्त्रालयले उक्त प्रस्ताव अघि बढाएको जनाएको छ । ऊर्जा र प्राधिकरणका अधिकारीहरूसँग पटकपटक छलफल गरेपछि अर्थले पुनर्संरचनाबारे प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा समिति नै गठन गरेको छ । उक्त समितिमा अर्थको बजेट महाशाखा र निजीकरण एकाइ महाशाखा, ऊर्जा मन्त्रालय, नेपाल चार्टर्ड एकाउन्टेन्न संस्था, महालेखा नियन्त्रक र विद्युत् प्राधिकरणका प्रतिनिधि सदस्य छन् । समितिले प्राधिकरणले गरेको पुनर्संरचनाको प्रस्तावबारे अध्ययन गर्नेछ ।

प्रकाशित मितिः २०७३ चैत ३०

वि.सं.२०७३ चैत ३० बुधवार १३:२७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...