back
NMB ad

फोटोमा हेर्नुहोस् पाँचथरको चौरी महोत्सव !

Kumari bank ad

पाँचथर । चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यले पाँचथरको फालेलुङ गाँउपालिका–४ मा चौँरी महोत्सव भएको छ । सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा तीन हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको पश्चिम बंगाल र सिक्किमको सिमानामा रहेको चारराते भन्ने स्थानमा नयाँ वर्ष २०७४ को अवसर पारेर वैशाख १ गते महोत्सव गरिएको हो ।

yak pachthar

राष्टि«य योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीबाट महोत्सव उद्घाटन गरिएको थियो । चौँरी संस्कृति लोप हुँदै गएकाले त्यसलाई संरक्षण गर्नका लागि महोत्सवको आयोजना गरिएको सुर्केथाम दुग्ध सहकारी संस्थाका सचिव शिल्पकुमार राईले बताए । महोत्सवमा पाँच सय भन्दा बढी चौँरीहरु भेला गरिएको थियो ।

yak mahotsab

यस क्षेत्रमा लगभग २० चौँरी गोठहरु रहेका छन् । चरन क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौँरी गोठहरु घट्दै गएपछि विस्तारै चौँरी संस्कृति हराएकाले संरक्षणका लागि महोत्सवको गरिएको हो ।

महोत्सवबाट त्यहाँको पर्यटकीय सम्भावनालाई अझै माथि उठाउन सहयोग गरेको छ ।

yak pachthar3

पाँचथरसहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा हुँदै काठमाडौंसहित भारतको सिक्किम र दार्जिलिङका बासिन्दा, पर्यटन व्यवसायी र नागरिक गरी करिब एक हजार जनाले महोत्सवको अवलोकन गरेका थिए ।

yak mahotsab pachthar

महोत्सवमा चौँरीको दूधबाट बनाइएका परिकारहरु, चौँरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाइने जडिबुटी तथा कृषिजन्य बस्तुको स्टलहरु राखिएको थियो ।

yak pachthar4 yak pachthar1 yak pachthar6

फोटोः केशवकुमार धौरालीको फेसबुकबाट

प्रकाशित मितिः २०७४ बैशाख ३

वि.सं.२०७४ वैशाख ३ आइतवार १३:०४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...