back
NMB ad

राष्ट्र बैंक सञ्चालक समितिमा रेग्‍मी नियुक्त, माओवादी कोटामा डा.पौडेललाई निरन्तरता

Kumari bank ad

काठमाडौ। नेपाल राष्ट्र बैकको रिक्त दुई सञ्चालकमा रामजी रेग्मी र डा. श्रीराम पौडेल नियुक्त भएका छन्। बैशाख ३ गते बसेको मन्त्रीपरिषद्को वैठकले रेग्मी र पौडेललाई आगामी पाँच बर्षका लागि सञ्चालक नियुक्त गरेको हो।

रेग्मी नेपाल राष्ट्र बैकका अवकास प्राप्त कर्मचारी हुन्। उनी कार्यकारी निर्देशकसमेत भएका थिए। पछिल्लो समय उनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष छन्। डा पौडेल यस अघि राष्ट्र बैंक सञ्चालक नै थिए। पौडेललाई सरकारले दोहोर्याएको हो। उनी प्रधानमन्त्री प्रचण्डका प्रमुख आर्थिक सल्लाहकार पनि हुन्।

पौडेल र अर्का एक सञ्चालक डा. रामहरि अर्यालको पाँच बर्ष कार्यकाल पुरा भएपछि चैतबाट सञ्चालक पद रिक्त थियो। सरकारले माओवादी कोटामा पौडेललाई निरन्तरता दिँदै कांग्रेस कोटामा रेग्मीलाई ल्याएको हो।

राष्ट्र बैक सञ्चालक समितिमा गभर्नर अध्यक्ष एवं दुई डेपुटी गभर्नर रअर्थमन्त्रालयका सचिव पदेन सदस्य हुने गरेका छन्। त्यस बाहेक आर्थिक क्षेत्रको ज्ञाताको रुपमा बाहिरबाट तीन सञ्चालक नियुक्त हुन्छन्। तीनमध्ये दुई सञ्चालक पद रिक्त थियो। अर्का एक सञ्चालक विकेमानसिंह श्रेष्ठको योग्यतामाथि प्रश्न उठेपछि अदालतले उनलाई निलम्बन गरेको छ।

प्रकाशित मितिः २०७४ बैशाख ५

वि.सं.२०७४ वैशाख ५ मंगलवार १३:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...