back
NMB ad

धादिङ र काठमाडौंमा अब हावाबाटै विजुली

Kumari bank ad

काठमाडौं । नेपालमा खेर गईरहेको हावा (प्राकृतिक उर्जा शक्ति) लाई सदुपयोग गर्दै अब विजुली निकालिने भएको छ । जापानबाट नेपालमा उर्जा शक्तिको अनुसन्धान गर्न आएका सिन्ओसाका कन्सट्रक्सन कम्पनीका प्रबन्धक निर्देशक सातोशि माचुमोतो र निर्देशक नोरिओे योशिमाचुले अब ६ महिना भित्रमा यो काम सुरु हुने बताएका छन् ।

३ दिने नेपाल भ्रमणमा आएका प्रबन्धक निर्देशक माचुमोतो र निर्देशक योशिमाचुले काठमाण्डौं र धादिङ्गको केहि गाउँको अवलोकन गर्दै नेपालमा उर्जा शक्तिको ठूलो भविष्य रहेको भन्दै यसैबाट नेपाली जनताहरु बाँच्न सक्ने प्रबन्धक निर्देशक माचुमोतोको भनाई रहेको छ ।

नेपाल स्थित ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लि. कम्पनी (जि.सि.आई) सँग सहकार्यमा काम गर्न लागेको सिन्ओसाका कन्सट्रक्सन कम्पनीले यो प्रविधि जापानमा दश वर्ष अध्ययन गरेर सफलताका साथ भित्रयाएको पूरै नयाँ र फरक प्रविधि हो । जसमा विसौं वर्ष आयु रहेको हुन्छ ।

यसै सन्दर्भमा एन.आर. एनका पूर्व अध्यक्ष तथा जि.सि.आईका अध्यक्ष देवमान हिराचन भन्छन् “नेपाल प्राकृतिक स्रोतसाधनमा धनी भएता पनि यँहा रहेका प्राकृतिक उर्जा शक्तिहरु खनिज पर्दाथलाई सदुपयोग गर्न नसकेको कारणले हामी आत्मनिर्भर हुनसकेको छैनौ । नेपालमा ४० प्रतिशत जग्गाहरु खाली छन् त्यस बावजुत हामी सधैँ आयात मात्र गर्दछौ । यदि हामीले नेपालमा रहेको वनजङ्गल, हावापानी उपयोग गर्नसके सजिलै रुपमा कृषि आधुनिकरणमा जान सकिने र देशका धेरै जनता लाभान्वित हुन सक्ने छन् । उनी अगाडी भन्छन –हाम्रो विभिन्न गाउँमा अभैm जङ्गलबाट दाउरा ल्याएर खाना पकाउने चलन छ । त्यसले गर्दा CO2 ग्याँस निस्केर Global Warming तिर धकेलि गाउँका आमा, दिदीबहिनीको स्वास्थ्यमा धेरै नै असर परेको छ । यदि प्राकृतिक घामपानी, हावाको उपयोग सहि ढङ्गले गर्न सके आधुनिक कृषिकरणको ठूलो भविष्य छ ।

सिन्ओसाका कन्सट्रक्सन कम्पनीका प्रबन्धक निर्देशक माचुमोतो भन्नुहुन्छ यो प्रविधि हावामा कल्क वाईज र एनटि कल्क वाईजद्घारा घुम्ने गर्दछ । साथै थोरै हावा लाग्ने ठाँउबाट पनि बत्ती निकाल्न सकिन्छ ।

यसै क्रममा प्रबन्धक निर्देशक माचुमोतो र निर्देशक योशिमाचुले नेपाल स्थित जापानिज राजदुत मासाशि ओगावासित भेटवार्ता गरेका थिए, सो अवसरमा राजदुत मासाशि ओगावाले उनीहरु लगायत उनको कम्पनीलाई शुभकामनाको साथै धेरै राम्रो कामको सुरुवात गर्न लागेकोले कामको सिलसिलामा आइपर्ने सहयोग गर्ने आश्वासन दिए ।
६ बैशाख २०७४

वि.सं.२०७४ वैशाख ६ बुधवार १८:१४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...