back
NMB ad

जित्यो चेल्सीले, कोस्टा बने नायक

Kumari bank ad

इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले सात अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउथह्याम्प्टनलाई ४–२ ले हराएको हो ।

चेल्सीको जितमा डिएगो कोस्टाले दुई तथा इडन हजार्ड र ग्यारी काहिलले एक एक गोल गरे । साउथह्याम्प्टनका लागि ओरिओल रोमेउ र रायन बट्र्रेन्डले एक एक गोल गरे । पाँचौं मिनेटमा नै हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

२४ औं मिनेटमा साउथह्याम्प्टनका रोमेउले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा काहिलको गोलबाट चेल्सीले अग्रता लियो ।

दोस्रो हाफमा कोस्टाले थप दुई गोल गरे । उनले ५३ र ८९ औं मनिेटमा गोल गरेपछि चेल्सीले ४–१ को अग्रता लियो । तर इन्जुरी समयमा साउथह्याम्प्टनका बट्र्रेन्डले गोल गरेपछि चेल्सी ४–२ ले विजयी भयो । जितपछि चेल्सीको ३३ खेलबाट ७८ अंक भएको छ । चेल्सी दोस्रो स्थानको टोटनह्याम भन्दा सात अंकले अघि छ । तर टोटनह्यामले एक खेल कम खेलेको छ । पराजित भएको साउथह्याम्प्टन ३२ खेलबाट ४० अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मितिः २०७४ बैशाख १३

वि.सं.२०७४ वैशाख १३ बुधवार १३:३८ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...