back
NMB ad

बार्सिलोनाको नयाँ प्रशिक्षकमा एर्नेस्टो भाल्भेर्डे नियुक्त

Kumari bank ad

काठमाडौ । स्पेनिस क्लव बार्सिलोनाले एथ्लेटिको बिल्वाओका एर्नेष्टो भाल्भर्डेलाई नयाँ प्रशिक्षककमा नियुक्त गरेको छ । सिजनको अन्त्यसँगै लुइस इनरिकेले पद त्याग गरेपछि रिक्त स्थानमा बार्सिलोनाले भाल्भर्डेलाई नियुक्त गरेको हो ।

भाल्भर्डेले बार्सिलोनासँग दुई बर्षको सम्झौता गरेका छन् । बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेयले ५३ बर्षीय भाल्भर्डे निर्णय गर्नसक्ने खुवी भएको, क्षमतावान र अनुभवी रहेकाले नियुक्त गरेको उल्लेख गरेका छन् । बार्सीलोनाका पूर्व स्ट्राइकर भाल्भर्डेले गत साता एथ्लेटिको विल्बाओ छोड्ने घोषणा गरेका थिए । उनले सन १९८८ देखि १९९० सम्म डच प्रशिक्षक योहान क्रफको नेतृत्वमा बार्सिलोना बाट खेलेका थिए ।

२४ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका भाल्भर्डेले २२ खेल खेल्दै आठ गोल गरेका थिए । चोटका कारण उनले दुइ सिजन मैदान बाहिर विताएका थिए । बार्सिलोना छाडेर एथ्लेटिको बिल्वाओ पुगेका भाल्भर्डेले त्यसयता ६ वर्षको अवधिमा एक सय ७० खेल खेल्दै ४४ गोल गरेका थिए ।

राष्ट्रिय टोलीका लागि भने उनले मात्र एक खेल खेलेका छन् । १९९२ को युरोकप छनौट खेलमा आइसल्यान्ड विरुद्ध भाल्भेर्डेले राष्ट्रिय जर्सी लगाएर १९ मिनेट खेलेका थिए । १९९७ मा खेल जीवनबाट सन्यास लिएपछि उनले बिल्वाओको युवा टिम सम्हाल्दै प्रशिक्षकको करियर सुरु गरेका थिए । २००३(४ को सिजनमा भाल्भर्डे बिल्वाओकै ए टिमको प्रशिक्षक बनेका हुन् ।

प्रकाशित मितिः २०७४ जेठ १६

वि.सं.२०७४ जेठ १६ मंगलवार १५:५० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...