back
NMB ad

शतप्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला,पढ्नुहोस् कहाँ–कहाँबाट भर्ने ?

Kumari bank ad

काठमाडौ । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ५ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । गत वैशाख १४ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको एनबिले असार ५ गतेदेखि साउन ९ गतेसम्म उक्त अनुपातमा हकप्रद सेयर निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।

एनबिले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर निष्काशनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा एनबिका सम्पूर्ण शाखाहरुबाट हकप्रद फारम लिन सक्नेछन् । जेठ ३ गतेसम्म कायम सेयरधनीले सो हकप्रद भर्न पाउनेछन् ।

हाल एनबि इन्स्योरेन्सको चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ५४ करोड रुपैयाँ पुग्नेछ । ०७५ असार मसान्तसम्ममा कम्पनीले एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।

प्रकाशित मितिः २०७४ जेठ १९

वि.सं.२०७४ जेठ १९ शुक्रवार १२:५९ मा प्रकाशित

You can share this post!

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...