back
NMB ad

करोडौंको रकम सिध्याएर टालटुल गरेको सडक जिम्मा लिँदै सडक विभाग

Kumari bank ad

सोलुखुम्बु । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ ।

दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी गरेको छ ।

सोलुखुम्बुको सल्लेरीदेखि ओखलढुङ्गाको रमाइलो डाँडासम्मको करिब ५८ किलोमिटर सडक यही महिना ठेकेदार कम्पनीले सरकारलाई बुझाउने तयारी गरेको छ । हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले सडकको काम अन्तिम चरणमा पुगेको र अब छिट्टै सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिए ।

हतारहतार टालटुल पारेर सडक बनाइरहँदा सर्वसाधारणले सडकको गुणस्तरलाई लिएर चिन्ता व्यक्त गरेका छन् । मुक्लीका धनबहादुर गुरुङ भन्छन् – “एक वर्षमै सडकको हालत खराब भयो, अब टालटुल पारेको सडक अर्को वर्ष उस्तै हुन्छ, आखिर सडक पिच गरेको के अर्थ भयो र ? ” गत वर्ष वर्षायामका समयमा सडकको अधिकांश भाग कालोपत्रे गरिएको थियो ।

सडकछेउका नहर पुनःनिर्माण गर्ने काम भइरहेको ठेक्केदार कम्पनीले जनाएको छ । हिमाली जिल्ला जोड्ने सोलुखुम्बु सडकखण्ड पर्यटकीय पदमार्ग प्रवेश गर्ने सडक पनि हो । सगरमाथा क्षेत्रमा खुम्बु पदमार्गमा जाने पर्यटकसमेत अहिले सडकमार्गमार्फत आउन थालेका छन् । सडक निर्माणमा लापर्बाही गरिएकाले छिट्टै भत्किने डरले पर्यटन व्यवसायी पनि चिन्तित छन् ।

सडक कालोपत्रेका लागि एसियाली विकास बैंकको ६० प्रतिशत र नेपाल सरकारको ४० प्रतिशत बजेट लगानी रहेको छ । सुरुमा एसियाली विकास बैंक (एडिबी)को रु ४३ करोड र नेपाल सरकारको रु २२ करोड गरी रु ६५ करोड लागत इस्टमेट तयार पारिए पनि निर्माण सम्झौता अवधिमा काम सम्पन्न नगर्दा लागत पनि बढ्दै गएको ओखलढुङ्गा–सल्लेरी सडक आयोजनाले जनाएको छ ।

काम सम्पन्न नभएपछि ठेक्केदार कम्पनी लामा शर्मा ज्वइन्ट भेन्चर कन्स्ट्रसनले पटक पटक म्याद थप गरेको छ । टालटुल पारेको सडक जिम्मा लिने सन्दर्भमा हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजाल भएको कामको मूल्याङ्कनअनुसार ठेकेदार कम्पनीलाई भुक्तानी दिएर सडक जिम्मा लिने तयारी भएको बताउनुहुन्छ तर सोलुखुम्बुवासी भने गुणस्तरहीन सडक बनाएर सोलुवासीको आँखामा छारो मात्र हालेको गुनासो गर्छन्।रासस (फाइल फोटो)

प्रकाशित मितिः २०७४ जेठ २१

वि.सं.२०७४ जेठ २१ आइतवार १३:५० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...