back
NMB ad

९ महिना विद्युत बेचेर २ अर्ब आम्दानी

Kumari bank ad

नेपाल विद्युत प्राधिकरण पोखरा क्षेत्रीय कार्यालयले चालु आर्थिक वर्षको ९ महिना (चैतसम्म) मा विद्युत बिक्री गरेर करिब २ अर्ब रुपैयाँ संकलन गरेको छ । कार्यालयले १९ करोड ९१ लाख ५० हजार ३ सय ५१ युनिट विद्युत बिक्री गरी उक्त रकम संकलन गरेको हो । रकम संकलन अहिलेसम्म ९७.५ प्रतिशत पुगेको क्षेत्रीय प्रमुख रामजी भण्डारीले बताए ।

‘महशुल संकलनमा कडाइ गरेकाले अहिलेसम्म करिब शतप्रतिशत नै रकम उठेको छ,’ उनले भने, ‘यो कार्यालयले महशुल संकलनमा चालु आवको लक्ष्य सजिलै पूरा गर्छ । बक्यौता रहेका ठाउँमा पनि निरन्तर ताकेता गरिएको छ ।’

देशका धेरै ठाउँमा विद्युत महसुल संकलनमा समस्या देखिएको छ । प्राधिकरणले महसुल नतिरेर पटक–लाइन काट्दै आएको छ । प्राधिकरणका अनुसार अहिले देशभर करिब ७ अर्ब रुपैयाँ महशुल बक्यौता छ ।

गण्डकी र धवलागिरि अञ्चलका १० जिल्ला समेट्ने क्षेत्रीय कार्यालयअन्तर्गत २ लाख ५६ हजार ४ सय ग्राहक छन् । कार्यालयका अनुसार यस क्षेत्रमा ६ सय ६३ किलोमिटर ३३ केभी, ३ हजार ३ सय ८५ किलोमिटर ११ केभी र ९ हजार २७ किलोमिटर ०।४ केभी प्रसारण लाइन विस्तार गरिएको छ ।

कार्यालयअन्तर्गत हालसम्म २ हजार ५ सय ८९ वटा वितरण ट्रान्सफर्मर जडित छन् । यस क्षेत्रमा ७५ सामुदायिक संस्थामार्फत ८१ हजार ५ सय ८६ ग्राहकमा विद्युत वितरण गरिएको छ । यस्तै, कार्यालयअन्तर्गत ८ आयोजना सञ्चालनमा छन् ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ जेठ २६

वि.सं.२०७४ जेठ २६ शुक्रवार १५:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...