back
NMB ad

चुनाव प्रचारमा संयम अपनाउन दलहरुलाई निर्वाचन आयोगको आग्रह

Kumari bank ad

काठमाडौ। निर्वाचन आयोगले चुनाव प्रचार प्रचारका क्रममा संयमता अपनाउन दलहरुलाई आग्रह गरेको छ । उम्मेदवारी दर्ताका क्रममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो, जहाँ हंसबहादुर राउतको मृत्यु भएको थियो ।

यस्तै कपिलवस्तुको बाडगंगामा बम विष्फोट हुँदा १० जना घाइते भएका थिए । निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर दुबै घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आयोगले निर्वाचन प्रचार प्रसारका क्रममा संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न र शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै राजनीतिक दल, उम्मेदवार, मतदातालाई अपील गरेको छ ।

साथै असार १४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्ने खालका कुनै पनि किसिमका घटना हुन नदिन सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मितिः २०७४ असार ५

वि.सं.२०७४ असार ५ सोमवार १६:२९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...