back
NMB ad

फोहोरबाट मोहोर कमाउँदै वालिङ नगरपालिका

Kumari bank ad

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकाबाट सङ्कलन हुने फोहोर मैला बिक्रीबाट चालु आर्थिक वर्षमा मात्रै झन्डै रु सात लाख आम्दानी भएको छ ।

देशका विभिन्न सहरमा फोहोरले सास्ती पाइरहेका बेला स्याङ्जाको वालिङमा भने फोहोर बिक्रीबाट चालु आवको हालसम्म रु ५ लाख ५३ हजार आम्दानी भइसकेको छ भने करिब डेढ लाख बराबरको फोहोर बिक्री गर्ने तयारीमा रहेको दिदीबहिनी तथा समाज उत्थान संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीले बताए ।

वालिङ नगरपालिकामा उत्पादन हुने फोहोर मैलाको बिक्रीबाट पहिलो वर्ष तीन लाख ७९ हजार, दोस्रो वर्ष पाँच लाख १० हजार ८०० र तेस्रो वर्ष (चालु आवको हालसम्म) रु ५ लाख ५३ हजारको फोहोर मैला बिक्रीबाट आम्दानी भइसकेको छ । फोहोर व्यवस्थापनका लागि वालिङ नगरपालिका र दिदीबहिनी समाज उत्थान संस्थाबीच सार्वजनिक निजी साझेदारीबमोजिम २०७१ साल असोज ३० गते ४ वर्षको सम्झौता भई काम सुरु भएको थियो ।

वालिङ नगरपालिकाले नगर क्षेत्रमा सङ्कलन हुने फोहोरको प्रभावकारी व्यवस्थापन गर्दै आएको छ । घरघरबाट उत्पादन हुने फोहोरलाई वर्गीकरण गर्दै सङ्कलन गरेर प्रभावकारी व्यवस्थापन गरिएको छ । फोहोर उत्पादन हुनासाथ कुहिने र नकुहिने दुई भागमा वर्गीकरण गरी त्यसलाई प्रशोधन केन्द्रमा लगी प्रशोधन गरेर बिक्री गर्ने गरिएको अध्यक्ष भण्डारीले बताए ।

वालिङ नगरपालिकाले फोहोर मैलाका क्षेत्रका गरेको उदाहरणीय कार्यले वालिङ नगरपालिका पुरस्कृत पनि भएको छ भने देशका विभिन्न सहरबाट फोहोर मैला व्यवस्थापनका बारेमा जान्न बुझ्नका लागिसमेत यहाँ आउने गरेका छन् । “फोहोर मैला व्यवस्थापनका क्षेत्रमा वालिङ नगरपालिकाले गरेको यो मोडल देशकै नमुना मोडल हो”, अध्यक्ष भण्डारीले भने, “यसको अवलोकन गर्नका लागि हालसम्म देशका विभिन्न नगरपालिका, शैक्षिक तथा अन्य सङ्घसंस्था गरी ५३ वटा निकायबाट अध्ययन अवलोकन गरेको हामीसँग तथ्याङ्क छ ।”

फोहोर मैलाको व्यवस्थापनका लागि हाल ५ जनाले प्रत्यक्ष रुपमा रोजगारीसमेत पाएका छन् । वालिङलाई सफा र स्वच्छ सहरका रुपमा विकास गर्नका लागि नगरवासीलाई फोहोर मैला व्यवस्थापनसम्बन्धी तालिमसमेत दिने गरिएको छ । “घरबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउन लगाएका छौँ”, अध्यक्ष भण्डारीले भने, “कुहिनेलाई घरमै कम्पोस्ट मल बनाउन सिकाउने र नकुहिनेलाई घरमै पुगेर खरिद गरिदिने व्यवस्था मिलाउने तयारीमा छौँ ।” फोहोर मैला प्रशोधन तथा खरिद बिक्री केन्द्रले भैरहवा तथा बुटवलमा लगेर बिक्री गर्ने गरेको छ । रासस

प्रकाशित मितिः २०७४ असार ९

वि.सं.२०७४ असार ९ शुक्रवार ०८:५३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...