काठमाडौ। अमेरिकी विश्वविद्यालयमा पहिलो दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्त भएकी नेपाली चेली भन्छिन्ः ‘शिक्षा मेरो रगतमै छ ।’ सवनम कोइराला आजाद जब काठमाडौंमा हुर्कदैं थिइन् त्यतिखेर उनीलाई एक शिक्षक बन्ने कुनै अभिलाषा थिएन । तर, उनले आफ्नो घरभित्र र घरबाहिर जे देखिन् त्यसले विस्तारै उनलाई चालै नपाइ शिक्षण पेशातिर डोर्याउँदै लग्यो ।
२०४६ सालमा जनआन्दोलनले प्रजातन्त्रको पुर्नस्थापना सँगै देशको शिक्षा र स्वास्थको क्षेत्रमा पनि सुधार ल्याँउछ भन्ने आशा मानिसहरुमा थियो । त्यतिखेर नेपाल परिवर्तन हुँदै थियो । तर, देशको सबैभन्दा उत्कृष्ट कन्या विद्यालयमा अध्ययन गरिरहेकी कोइरालालाई लाग्यो यहाँ पक्कै केही कुराको कमी छ ।
अमेरिकाको एक प्रमुख विश्वविद्यालयः युनिभसिर्टि अफ सानफ्रान्सिस्को को स्कुल अफ एजुकेसनमा प्रथम दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्क्त भएकी कोइरालाले पुराना दिन सम्झँदै भनिन्, ‘नेपालमा बस्नु धेरै रमाइलो थियो, मेरो बाल्यकाललाई फर्केर हेर्दा धेरै रमाइला सम्झनाहरु र सुन्दर क्षणहरु थिए तर, हामीलाई विद्यालयमा जसरी पढाइन्थ्यो त्यसले हामीलाई सिर्जनात्मक तरिकाले सोच्न दिँदैनथियो । हामीले अभ्यास गरिरहेको शिक्षाले मेरो सिर्जनशिल आवश्यकतालाई पुरा हुन दिँदैन थियो ।’
सानैमा आफ्नो ललितपुरको घरबाट दैनिक विद्यालय जाँदै गर्दा कोइरालालाई लाग्ने गथ्र्यो उनी आफ्नो अरु साथीहरु भन्दा फरक छिन् । एक त उनी दुई साँस्कृतिक परिवारबाट थिइन् उनको पिता नेपाली थिए भने आमा इरानी थिइन् ।
हाइस्कूलको पढाई सकेपछि कोइरालालाई यदि उनले आफुले चाहेको जस्तो उच्च शिक्षा हासिल गर्नुछ भने उनलाई देश छोड्नुपर्नेछ छ भन्ने प्रष्ट भयो । त्यसपछि उनी महिलाहरुको लागि खोलिएको लिबरल आट्र्स कलेज, म्यासाचुएट्सको माउन्ट होलीयोक कलेजमा छात्रवृत्ति पाएर भर्ना भइन् ।
पहिलो कक्षामा उनलाई प्रोफेसरल सोधे ‘तिमी के सोच्छौ ?’ एक सिधा प्रश्न तर, त्यसले उनलाई लामो समयसम्म प्रभाव पर्यो ।
‘मैले म के सोच्छु भनेर कहिल्यै पनि सोचेको थिइन वा कुनै तथ्यमा प्रश्न गर्थिन् । त्यो एक बेला थियो जतिबेला म शिक्षा हासिल गरेर त्यसै क्षेत्रमा काम गर्नको लागि गम्भिर भएर सोच्ने गर्थें ।’
शिक्षा प्रदान गर्नु उनको रगतमै बगेको थियो । उनी आफ्नो आमा तिरबाट चौंथो पुस्ताकी शिक्षिका हुन् । उनी हजुरआमाले इरानमा एक शिक्षीकाको रुपमा धेरै दुख भोगेकी थिइन् । त्यस्तै सबनमका पिता भारतदत्त कोइराला नेपालका एक प्रतिष्ठित पत्रकार र मिडिया शिक्षक हुन् जसले म्यागासेसे पुरस्कार पनि प्राप्त गरेका छन् ।
‘जब म शिक्षाको बारेमा सोच्छु शिक्षा धेरैजनालाई राखेर लागि एकैचोटि पढाउने कुरा होइन, यो त जो शोषित छन् त्यस्तो विशेष समूहको लागि विशिष्टकृत दिनुपर्छ ।’ कोइरालाले भनिन्, ‘शिक्षा राम्रो सँग प्रदान गर्न सक्ने हो भने त्यसले मानिसहरुलाई सशक्तिकरण गर्न सक्छ ।’
कोइरालाको नेपालमा हुर्कदाँको अनुभवबाट उनले देखेकी छिन् विदेशी सहयोग विकासशिल देशमा प्रभावकारी नहुनुको कारण भष्ट्राचार र राम्रोसँग त्यसलाई पालना नगर्नु हो । यसैकारण उनी शिक्षाले कसरी सामाजिक विकास गर्छ भन्ने बारेमा अझै थाहा पाउन उत्सुक भइन् । यो जिज्ञासाले नै उनलाई युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कले बाट मास्टर्स र पिएचडी गर्न प्रेरित गर्यो ।
अहिले कोइरालाले डिनको रुपमा नियुक्ती स्विकारीसकेकी छिन् र उनलाई अब आफ्नो निष्ठा जोगाँउदै आफ्नो नेपाली मुलसँग पनि ठिक रहनु छ । त्यसको अर्थ उनी धरै नै लचक, सबैलाई सम्मान गर्ने, दयावान, धैर्य र समझदार हुनुपर्नेछ ।
नेपाली टाइम्सबाट भावानुवादित
प्रकाशित मितिः २०७४ असार १६
वि.सं.२०७४ असार १६ शुक्रवार १६:५७ मा प्रकाशित