back
NMB ad

एकै घरका चार जनालाई खोलाले बगाउँदा एक बालक बेपत्ता

Kumari bank ad

syangja news

सुशिल सुबेदी
स्याङजा । हिजो देखीको लगातार बर्षाको कारण पर्बत र स्याङजाको सिमानामा पर्ने स्याङजाको वालिङ नगरपालिका वडा नं १४ अधेंरीलखोलाले एकै घरका ४ जनालाई बगाएको छ । ईलाका प्रहरी कार्यालय हुवास पर्वत, प्रहरी चौकी कालीकाकोट र स्थानीयको सहकार्यमा एकै घरका ३ जनालाई उद्दार गरेपनी ८ बर्षीय मदन भुर्तेल बेपत्ता भएको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय हुवासले बताएको छ ।
४० बर्षीय देबी भुर्तेल, ३५ बर्षीय सीता भुर्तेल र १३ बर्षीय दम्पत्ती भुर्तेलकी छोरी मुना भुर्तेलको सकुशल उद्दार गरीएको छ भने ८ बर्षीय छोरा मदन भुर्तेल बेपत्ता भएका छन् । आज बिहान १२ वजे अंधेरीखोला तर्ने क्रममा एकै घरका ४ जनालाई खोलाले बगाएको थियो ।
हिजोदेखी लगातार परेको अबिरल बर्षाका कारण स्याङजा र पर्वतको दक्षिण भेग जोड्ने वालीङ हुवास सडक खण्ड पनि अबरुद्द बनेको छ । यसैगरी वालिङ नगरपालीका वडा नं १४ मा पर्ने तमादीमा पहिरो जाँदा ४ घर पहीरोले पुरीएको छ भने १२ घर जोखिममा परेको छ । वालिङ देखि डुम्रेभञ्ज्याङ सडक खन्दा सडक माथीका घर जोखिममा परेको गुनासो स्थानीयले गरेका थिए ।

१८ असार २०७४

वि.सं.२०७४ असार १८ आइतवार १६:५७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...