back
NMB ad

सफा टेम्पोले देशव्यापी आम हड्ताल गर्ने दियो चेतावनी

Kumari bank ad

काठमाडौ । विभिन्न क्षेत्रका सरोकारवालाहरुले वातावरणमैत्री एवम् विद्युतीय सफा टेम्पो बन्द गर्ने निर्णय तत्काल फिर्ता नलिए देशव्यापी रुपमा आम हड्तालमा उत्रिने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा सफा परिवहन व्यवसायी संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरोकारवालाहरुले सरकारको यस्तो निर्णय गलत भएकोले तत्काल निर्णय सच्याउनको लागि माँग गरेका छन् । उनीहरुले सरकारले उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने समेत जोडदार माँग गरेका छन् ।
कार्यक्रममा वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले वातावरणमैत्री सवारी साधनमाथि कडाई गर्न नहुने बताएका छन् । सरकारले २० वर्ष पुराना साना तथा ठुला यातायात साधन निस्तेज गर्ने भनेर गरेको निर्णयबाट टेम्पो चालक र व्यवसायी मर्कामा परेको भन्दै निर्देशक दवाडीले सरकारले विद्युत्तीय साधनमाथि हेरफेर गर्नुपर्ने धारणा राखेका छन् ।
उनले भने,‘वातावरण मैत्री साधनहरू जति वर्ष पुरानो भएपनि हुन्छ, त्यो ५० वर्षसम्मको साधन किन नहोस्, १० वर्षकै भएपनि धुवा र प्रदुषणमा साथदिने खालको भएको खण्डामा त्यस्ता साधन हटाउनु पर्छ ।’
त्यस्तै यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष डोलनाथ खनालले सरकारले सफा टेम्फोमाथि लगगाएको प्रतिबन्धित ऐन तत्काल हेरफेर नगरे सडक जाम केन्द्रित आन्दोलन सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
कार्यक्रममा पत्रकार ऋषि धमलाले विद्युतीय साधानमाथि सरकारले विषेश ध्यान पु¥याउनुपर्ने बताएका छन् ।
उनले भने,‘सरकार यस्ता कुरामा गम्भिर हुनुपर्छ, हाम्रो देशमा अत्यन्तै ठुलो परिमाणमा तेल आयात हुन्छ, यसमा राज्यको टुलो धनराशि खर्च भएको छ, विद्युत्तीय गाडीहरूलाई प्रोत्साहन दिनुको साटो रोक्नेजस्ता काम गर्नुहुँदैन, हामी सञ्चारकर्मीहरूले यस्ता काममा सरकारलाई सचेत गराउन सक्नुपर्छ।’
नेपाल सफा टेम्पो परिवहन व्यावसायि संघका अध्यक्ष विष्णु धितालले विद्युतीय सफा टेम्पो ३० वर्षसम्म चलाउन दिनुपर्ने माग गरे।
उनले भने,‘विद्युतीय सफा टेम्पो बन्द गरिए यसले दशौं हजार मानिसहरुको रोजीरोटी बन्द हुने देखिएको छ, वातावरणलाई प्रभाव पार्ने नभई आर्थिक र रोजगारीको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ, सरकारले हाम्रो एउटै माग ईन्धनबाट चल्ने साधनसँग विद्युतिय टेम्पोलाई मिसाउनुहुँदैन, ३० वर्षसम्म चलाउन पाउनुपर्छ भन्ने हो, यो माग तत्काल पुरा नगरेको खण्डमा हामी जुनसुकै आन्दोलन गर्न बाध्य हुनेछौँ।’
धितालले यो व्यवसायमा एकल महिला, निम्न आय भएका मजदुरहरु, ब्याट्री चार्ज गर्ने कम्पनीमा कार्यरत मजदुरहरु समेत ठूलो मारमा पर्ने चिन्ता व्यक्त गरे । उनले भने,‘त्यसैले राज्यले यस्तो गलत काम गर्नुभएन, कम्तीमा पनि ३० वर्ष चलाउन दिनुपर्छ।’
त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय यातायात महासंघका महासचिव सरोज सिटौलाले सरकारी निकायले नै थोत्रा यातायातका साधन चलाईरहेको आरोप लगाएका छन् ।
यातायात व्यवसायी र साधारण जनतालाई विभेदपूर्ण ढंगबाट यातायातका साधनमाथि रोक लगाएको बताउदै उनले भने,‘सरकारी गाडीहरु धुँवाको मुस्लो फ्याँक्दै कुदिरहेका छन्, विभेदपूर्ण तरिकाले यातायात व्यवसायी र जनतालाई मात्रै मारमा पार्नेगरि लागु गरिएको ऐन खारेज हुनुपर्छ, साधनको कन्डिसन हेरेर त्यस्ता साधनको उचित व्यवस्थापन गर्नुपर्छ।’
उनले अघि थपे,‘सफा टेम्पोको बारेमा हामी गम्भिर छौँ, हजारौ महिला दिदीबहिनीहरूको रोजीरोटी बनेको टेम्पोलाई २० वर्षको भन्दै जुन तरिकाले रोक लगाएको छ, त्यस्तो निर्णय गर्नेको हातमा म त किरा परोस भन्छु यस्तो अन्यायपूर्ण काम सरकारमा बसेर गर्न मिल्छ? कदापि मिल्दैन।’
कार्यक्रममा वातावरण विशेषज्ञ भूषण तुलाधरले सफा टेम्पो रोकर सरकारले मुर्खतापूर्ण निर्णय गरेको आरोप लगाए ।
उनले भने,‘सरकारले यो निर्णय गलत छ, यसले ठूलो संख्यामा श्रमजीवीहरुको रोजीरोटी खोस्नेछ, यदि सरकारले जबरजस्ती यो निर्णय कार्यान्वयन गर्न खोज्यो भने वातावरणसम्बन्धी नेपाल आउने अन्र्तराष्ट्रिय डोनेसन नै बन्द गराउनको लागि हामी उत्रिन्छौं।’
उनले नेपाललाई सगरमाथा र सफा टेम्पो चल्ने देश भनेर विश्वमा चिनिएको उदाहरण पेश गर्दै देशको गरिमा र पहिचानसँग जोडिएको सफा टेम्पोलाई बन्द गर्ने दुस्साहस नगर्न चेतावनी दिए ।
ईसानका अध्यक्ष उमेश श्रेष्ठ, विमला थापा लगायतले पनि सरकारले गरेको उक्त निर्णयको विरुद्धमा आफ्ना कुरा राखेका थिए । उनीहरुले सम्पूर्ण महिला चालक एवम् महिला स्वरोजगारहरुको नेतृत्व गर्दै सरकारको यस्तो कदमको विरुद्धमा सडक आन्दोलन उत्रिने कडा चेतावनी समेत दिएका थिए ।

वि.सं.२०७४ असार १९ सोमवार ११:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...