back
NMB ad

एउटै विद्यालयमा रु १२ लाखभन्दा बढीका चौधवटा अक्षयकोष

Kumari bank ad

पोखरा । लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङमा रहेको धर्मस्थली आधारभूत विद्यालयमा विभिन्न महानुभावले रु १२ लाख, ५३ हजार ६९ का १४ वटा अक्षयकोष स्थापना गरेका छन् ।

मातापिताको सु–स्वास्थ्य र दीर्घायु, श्रीमतीको जन्मदिन, मातापिताको स्मृति र अल्पायुमै मृत्यु भएका आफ्ना परिवारको स्मृतिमा ती अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक केदारनाथ बरालले जानकारी दिए ।

अक्षयकोषबाट आउने ब्याजले विद्यालयको वार्षिकोत्सवमा गरिब तथा जेहेन्दार र कठिन अवस्थाका विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिने भएको छ । सो विद्यालयमा वीरेन्द्रबहादुर हमालले रु एक लाख ५५ हजार, डा झलकबहादुर कार्कीले रु एक लाख २५ हजार १२५, डिल्लीराम पराजुलीले रु एक लाख ११ हजार १११, पद्मकुमारी शर्माले रु एक लाख दुई हजार ५००, हेरम्वप्रसाद कोइराला र टुमलाल अधिकारीले जनही रु एक लाख एक हजार १११को अक्षयकोष स्थापना गरिदिएका हुन् ।

त्यस्तै दीपक कोइरालाले रु एक लाख १११, ईश्वरी कोइराला, भीमनाथ बराल, डा हरिप्रसाद कोइराला, गणेश तिमिल्सिना–पुण्य तिमिल्सिनाले जनही रु एक÷एक लाख, नेत्रपाणि अधिकारीले रु ५७ हजार १११ र दीनबन्धु कोइरालाले रु ५० हजारको छुट्टाछुट्टै अक्षयकोष स्थापना गरिदिएका प्रधानाध्यापक बरालले बताए । रासस

प्रकाशित मितिः २०७४ असार २०

वि.सं.२०७४ असार २० मंगलवार १२:१३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...