back
NMB ad

मनसुन सक्रिय भएसँगै देशैभर वर्षा,कृषि कर्ममा फाईदा

Kumari bank ad

काठमाडौ । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षात् भएको छ । एक साताअघि मनसुन सक्रिय भए पनि काठमाडौँ उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन । वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो ।

गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरिनै फैलिएको छ । मध्यअसारमा पानी नपर्दा किसान छटपटीमा थिए । पूर्वका धेरै स्थानमा प्रर्याप्त वर्षात हुनसकेको थिएन । तर, सोमबारदेखि मनसुन पुनः सक्रिय भई उपत्यकासहित देशैभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन न्यूनचापीय रेखा साधारण रहने स्थानभन्दा उत्तरतिर सरेकाले केही दिनयता मनसुनी वर्षा राम्रो भइरहेको मौमसविद् सुवास रिमाल बताउँछन् । उनका अनुसार बङ्गालको खाडीबाट आउने जलबास्प पूर्वी वायुले देशको प्रायःसबै ठाउँमा वितरण गरेको छ, यसले गर्दा देशभरनै वर्षा गराउने जलबास्प प्रशस्त मात्रमा देखिएको छ ।

मध्यतराईमा भारी वर्षात् हुने

भारतको पूर्वी उत्तर प्रदेशमा न्यूनचापीय क्षेत्र विकास भएको छ । यसको गति उत्तर पश्चिमतिर रहेकाले आज, भोलि र पर्सी देशभर बदली र वर्षा हुने मौसमी अनुमान छ । अहिले पूर्वी उत्तर प्रदेशमा घना बादल विकास भइरहेको र यसको असर स्वरुप आज दिनभर र राति देशका मध्यतराई चितवन, नवलपरासी, बारालगायत आसपास क्षेत्रमा भारी वर्षात् हुने सम्भावना रहेको मौसमविद् रिमालले बताए ।

त्यसैगरी बुधबार बिहानीपख सुदूरपश्चिमका तराई क्षेत्र कैलाली, कञ्चनपुरलगायत स्थानमा भारी वर्षात् हुने सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ९३ र सबैभन्दा कम पोखरामा ४ मिलिमिटर वर्षात् भएको छ । यस्तै नेपालगन्जमा ६६, दाङमा ६५, वीरेन्द्रनगरमा २६, डडेल्धुरामा २४ र दिपायलमा ४ तथा पूर्वको धनकुटामा ३३, ओखलढुङगामा १५, ताप्लेजुङमा १४, विराटनगरमा १० मिलिमिटर वर्षा भएको छ । काठमाडौमा २५ मिलिमिटर र भैरहवामा २४ मिलिमिटर वर्षा भएको छ ।

वर्षासँगै देशैभर बढेको तापक्रम केही घटेको छ । आज सबैभन्दा बढी सिमरा र दाङमा ३१ तथा सबैभन्दा कम जुम्लामा १७ डिग्रिसेल्सियस तापक्रम रहेको छ । काठमाडौको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ । रासस

प्रकाशित मितिः २०७४ असार २०

वि.सं.२०७४ असार २० मंगलवार १५:१७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...