back
NMB ad

घट्यो हवाई भाडा,अब कहाँ जाँदा कति भाडा तिर्ने ?

Kumari bank ad

काठमाडौ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो ।

निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु चार घटाएर रु ८२ बनाएको थियो ।

असार २१ गते बुधबारदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिए।नयाँ भाडादरअनुसार अब काठमाडौबाट विराटनगर जाँदा रु सात हजार १०४ तिर्नुपर्छ । यसअघि विराटनगरको भाडा रु सात हजार २०० थियो ।

त्यस्तै भद्रपुरको भाडा रु आठ हजार ६७६, भैरहवाको रु पाँच हजार ९१३, धनगढीको रु १२ हजार १९ र नेपालगन्जको रु आठ हजार ३६५ पर्छ । यसअघि भद्रपुरको रु आठ हजार ७००, भैरहवाको रु छ हजार, धनगढीको रु १२ हजार २०० र नेपालगन्जको रु नौ हजार ५०० थियो ।

त्यसैगरी पोखरा जान पहिला रु चार हजार ७०० तिर्नुपथ्यो भने अब रु चार हजार ६३४ लाग्ने भएको छ । काठमाडौँबाट जनकपुर जान रु तीन हजार ९४८ लाग्नेछ । पहिला यही रुटमा रु चार हजार लाग्थ्यो ।सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने रु ४० मात्र घटेको छ । सिमरा जान पहिला रु तीन हजार ४५ लाग्थ्यो भने अब रु तीन हजार पाँच तिरे पुग्छ । भरतपुर जान रु तीन हजार ३५३ लाग्छ । पहिला रु तीन हजार ५०० थियो ।तुम्लिङ्टारको भाडा रु पाँच हजार ७०० बाट घटाएर रु पाँच हजार ६२३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि रु ११ हजारबाट घटाएर रु १० हजार ८६२ कायम गरिएको छ । रासस

फाईल फोटो

प्रकाशित मितिः २०७४ आर २१

वि.सं.२०७४ असार २१ बुधवार १२:३७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...