back
NMB ad

निर्वाचन आयोगलाई एमालेको ३ बुँदे ध्यानाकर्षण

Kumari bank ad

काठमाडौ । नेकपा एमालेले मतदाताको सुविधा र सहजतालाई ध्यान दिएर नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमालेका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा निर्वाचन आयोग कार्यालयमा गएको टोलीले निर्वाचन क्षेत्र निर्धारण र कानुन बनाउन आयोगका तर्फबाट सरकारलाई अझ तीब्र दवाव दिन समेत आग्रह गरेको छ ।

एमालेले मतदाताको सुविधा र सहजतालाई ध्यान दिएर नामावली अद्यावधिक गर्न, निर्वाचन सम्पन्न भइसकेका जिल्लाहरुमा जिल्ला समन्वय समिति गठनमा देखिएको अन्यौलता र ढिलाई अन्त्य गर्न र निर्वाचन कानुन तथा क्षेत्र निर्धारण आयोग गठनका लागि सरकारमा दवाव बढाउन आग्रह गरेको हो ।

हेर्नुहोस् एमालेको तीनबुँदे ध्यानाकर्षण

श्री प्रमुख आयुक्तज्यु,
निर्वाचन आयोग
बहादुर भवन ।

विषयः मतदाता नामावली अद्यावधिक बारे ।

उल्लेखित सम्बन्धमा नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गरिनुपर्छ भन्ने कुरामा पुनः जोड दिँदै निम्न विषयतर्फ निर्वाचन आयोगको निरन्तर पहल तथा प्रयासको लागि पार्टीको तर्फबाट माग गर्दछांंै ।

१.निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्ने ।

२.निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्दै समिति गठन गर्न आवश्यक कार्य गर्ने ।

३.निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगको सकारात्मक पहलतर्फ हाम्रो ध्यानाकर्षण भएको छ । यसलाई अझ कडाइका साथ निरन्तरता दिने ।
धन्यवाद ।

२०७४ साउन २ गते

सुवासचन्द्र नेम्वाङ्ग
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एंव
उपनेता संसदीय दलको कार्यालय

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १८:०९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...