back
NMB ad

नेपाली जुत्ता घरमा समर सेल मेला सुरु,७०% सम्म छुट

Kumari bank ad

काठमाडौ । नेपाली जुत्ता घरको आयोजनामा समर सेल मेला २०७४ शुरु भएको छ । गर्मी यामलाई लक्षित गरि समरसेल मेला २०७४ श्रावण ४ गते वाट सुरु भएको हो । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मेलाको उद्घाटन गरे ।

मेला उद्घाटन गर्दै ढकालले निजि क्षेत्रमा भएका विविध समस्याका वावजुद पनि कम्पनिहरु एकै ठाउँमा एकै प्रकृतिका ब्राण्डहरु मिलेर नेपाली जुत्ताको प्रवर्दनमा टेवा पु¥याएकोमा अत्यन्त खुशी लागेको बताए । साथै निजी स्तरमा उद्योग बाणिज्य महासंघले गर्न सक्ने कार्यमा सहकार्यका लागि आफुले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले नेपाली जुत्ता बजारमा बिविध समस्या रहेको र ति समस्याका बाबजुद पनि निजी स्तरमा संचालित नेपाली जुत्ता घर अन्य प्रतिस्पर्धिहरुको लागि पनि नमुना रहेको बताए । कार्यक्रममा हस्तकला महासंघका उपाध्यक्ष होमनाथ उपाध्याय, बु.न.पा. १० का वडा अध्यक्ष नवराज भट्टराई, जुत्ता घरका संचालक कृष्ण कुमार फुँयाल, नवराज गौतम, ज्ञानेन्द्र दाहालको उपस्थिति रहेको थियो ।

मेलामा नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु नेपाली जुत्ता घरको विभिन्न सोरुमहरुमा उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ७० प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ । मेलामा रु. ३०० देखि रु. ५ हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको विकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ । नेपाली जुत्ता घरमा आवद्ध कम्पनीको उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा यस अघिको समर सेल मेलाको अपार सफलताको प्रेरणाले पनि यो मेला गर्न उत्साहित बनाएको आयोजक सस्ंथाका संचालक कृष्ण कुमार फुुयाँलले बताए ।

नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको संचालक ज्ञानेन्द्र दाहालले बताए ।

नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न यस मेलामा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिदै आएको बताईएको छ ।
मेलामा शिखर शुज, वि.एफ डिएर हिल शुज, टम टेलर, सफ्ट टच, क्रस रोड, स्काई शुज, शु ल्यान्ड, इजि शुज, लेदर विङ्गस्, कोसेलि, टाकुरा जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु उपलब्ध छन् । मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य राखिएको छ ।

मेलाको आयोजक कम्पनी नेपाली जुत्ता घर विभिन्न प्रतिस्पर्धि ब्राण्डहरुको आफ्नै सक्रियतामा करिब पाँच वर्ष अघि स्थापना भएको हो । नेपाली जुत्ता घरको हाल उपत्यकामा ५ ओटा सोरुमहरु सञ्चालनमा रहेका छन् जसमा जमल, कुमारीपाटी, महाराजगञ्ज, बालाजु, बागबजारमा यसका शाखाहरु रहेका छन् ।

प्रकाशित मितिः २०७४ साउन ५

वि.सं.२०७४ साउन ५ बिहीवार ११:०५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...