काठमाण्डौ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार प्रतितोलामा १ सय रुपैयाँले घट्दा तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै बिहिबार चाँदीको मूल्यमा कुनै घटबढ भएको छैन । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७४ साउन ५
वि.सं.२०७४ साउन ५ बिहीवार ११:३७ मा प्रकाशित