back
NMB ad

निर्वाचित जनप्रतिनिधिलाई एमालेले प्रशिक्षण दिन सुरु गर्यो

Kumari bank ad

बाँके । नेकपा एमालेले प्रदेश नम्बर ५ मा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि दुईदिने अभिमुखिकरण तालिम मङ्गलबारदेखि नेपालगञ्जमा सुरु गरेको छ । अभिमुखिकरणमा प्रत्येक तहबाट निर्वाचित दुईजना जननिर्वाचित प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

अभिमुखिकरणमा प्रदेश ५ का स्थानीय तहमा एमालेबाट विजयी १५८ जना प्रमुख, उपप्रमुख र वडा अध्यक्षको सहभागिता रहेको छ । अभिमुखिकरणको नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले उद्घाटन गर्दै स्थानीय तहको चुनावमाझै प्रदेश र सङ्घको निर्वाचनमा पनि पार्टी विजयी हुने दाबी गरे । उनले दुई नम्बर प्रदेशमा पनि स्थानीय तहमा एमाले पहिलो दल बन्ने दाबी गर्दै प्रदेश र सङ्घको चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

अभिमुखिकरणमा एमालेका उपमहासचिव तथा प्रदेश संयोजक विष्णु पौडेल, सचिव गोकर्ण बिष्ट र प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल र छबिलाल विश्वकर्मा लगायतका नेताहरुको सहभागिता रहेको छ । एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जननिर्वाचित पदाधिकारीलाई विकास र जनसेवाका लाग्न मार्गनिर्देशन गरेर जिल्लामा पठाइने बताए ।4 uml

प्रकाशित मितिः २०७४ साउन १०

वि.सं.२०७४ साउन १० मंगलवार १६:४४ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...