back
NMB ad

नर्बे कप खेल्ने फुटबल टोलीको बिदाइ

Kumari bank ad

काठमाडौं । नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जान विद्यार्थी फुटबल टोलीलाई बुधबार काडाँघारीस्थित अक्षरा स्कुलमा बिदाइ गरियो । १३ देखि १६ वर्षसम्मका छात्रतर्फका विद्यार्थीहरु जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म नवेर्मा हुने फुटबल प्रतियोगितामा सहभागि हुन लागेको हो ।

सेभेन ए साइडको प्रतियोगितामा आयन सिलवाल, कृष न्यौपाने, निर्भानराज शाक्य, आदित्य सुवेदी, सुमन्श गौतम, श्रृजेश कार्की, ऋता दत्त, गणेश भण्डारी, सुमन गुरुङ, सञ्जय खत्री, ओम दाहाल, प्रवीण कार्की, दीप गुरुङ र निश्चल न्यौपानेको टोली सहभागी हुनेछन् । टोलीको मुख्य प्रशिक्षकमा प्रज्ज्वल प्रतिप क्षेत्री, सहायक प्रशिक्षकमा अमित खड्का र प्रमोद पाण्डे तथा व्यवस्थापकमा सुमन तिमल्सिना रहेका छन् ।
टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका महासचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, अक्षराका निर्देशक राधेश्याम खड्का, अक्षराकी प्रिन्सिपल अन्जु भट्टराई, जुनियर फुटबल एकेडेमीका अध्यक्ष रिजन खड्का, थ्री स्टार क्लबका व्यवस्थापक राम श्रेष्ठलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । टोली शुक्रबार नर्वे प्रस्थान गर्ने कार्यक्रम छ । नर्वे बसाइका क्रममा खेलाडीहरु तालिममा पनि सहभागी हुने छन् ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले जुनियर खेलाडीले प्रतियोगिताबाट राम्रो एक्सपोजर पाउनुका साथै उनीहरुको मनोबल पनि उच्च हुने धारणा व्यक्त गरे ।
अक्षराकी प्रिन्सिपल भट्टराईले अक्षराको विशेष पहलमा विभिन्न विद्यालयका राम्रा फुटबल खेलाडीको टोली चयन गरी प्रतियोगितामा सहभागी गराउन लागेको बताइन् ।
सम्पूर्ण टोलीलाई थ्री स्टारका व्यवस्थापक राम श्रेष्ठले ट्रयाकसुट प्रायोजन गरेका । सो सामाग्री पनि श्रेष्ठले कार्यक्रममै सम्बन्धितलाई हस्तान्तरण गरे ।

प्रकाशित मितिः २०७४ साउन १२

वि.सं.२०७४ साउन १२ बिहीवार १३:१० मा प्रकाशित

You can share this post!

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...