back
NMB ad

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गराउन आयोग तयार छ: प्रमुख निर्वाचन आयुक्त यादव

Kumari bank ad

काठमाडौ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्न आयोग तयार र सक्षम रहेको बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्न आयोग तयार रहेको बताएका हुन् । उनले भने,‘ईच्छाशक्ति भयो भने केही पनि असंभव छैन, त्यसैले निर्वाचन अयाोग प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा सम्पन्न गराउन तयार र सक्षम छ, त्यसको लागि हामीलाई चाहिने सबै आवश्यक कुराहरु सरकारले उपलब्ध गराउनुपर्छ।’

साक्षात्कारमा उनले दुवै निर्वाचन एकै चरणमा गर्नु राम्रो कुरा भएको समेत बताए । उनले भने,‘दुवै निर्वाचन एकै चरणमा गर्नु राम्रो कुरा हो, आयोगको यसमा असहमति छैन, हामी पनि तयार छौं, तर यसको लागि सरकारले हामीलाई समयमै आवश्यक ऐन तथा कानून, निर्वाचन क्षेत्र निर्धारण आयोगका प्रतिवेदन दिनुपर्छ।’ त्यस्तै सरकारले आयोगलाई साधनस्रोत दिनुपर्ने समेत उनको भनाई थियो ।

यादवले दुवै निर्वाचन एकै चरणमा सम्पन्न गराउनको लागि सरकार, संसद र राजनीतिक दलहरुले आयोगले अघि सारेका विषयहरुलाई सम्बोधन गर्नुपर्ने बताए । उनले भने,‘हामीले त सरकारलाई पहिल्यै नै दुई चरणमा निर्वाचन गर्नेगरि निर्वाचनसम्बन्धी कार्यक्रमहरु दिईसकेका छौं, अब उहाँहरुले एकै चरणमा गर्नुपर्छ भन्नुहुन्छ भने यसमा हामी तीनै पक्ष सरकार, दल र निर्वाचन आयोगवीच छलफल हुनुपर्छ, तत्काल बृहत्त छलफल गरेर एउटा निश्कर्षमा पुगौं, हामी सरकारले भने अनुसार एकै पटक निर्वाचन गराउन तयार छौं।

प्रमुख निर्वाचन आयुक्त यादवले दुवै निर्वाचन एकै चरणमा गर्नको लागि सरकारले अर्को महत्वपूर्ण पक्ष अहिलेको मतदान केन्द्रहरुको स्तरोन्नती एवम् सुदृढिकरण गर्नुपर्ने समेत माँग गरे । उनले भने,‘अहिलेकै मतदान केन्द्रहरुबाट दुवै निर्वाचन एकै चरणमा गर्न गाह«ो हुन्छ।’ तर उनले निर्वाचन एकै चरणमा सम्पन्न गराउनको लागि चारवटा मतपत्रबाट असंभव भएकोले दुई वटा मतपत्रबाट मात्रै गर्नुपने बताए । उनले भने,‘एउटा मतपत्रबाट प्रदेशको र अर्कोबाट केन्द्रको निर्वाचन गर्नुपर्छ, अन्य विकल्पमा पनि छलफल गर्न सकिन्छ।’

निर्वाचन एकै चरणमा गर्ने हो भने यसको लागि दलहरुले निर्वाचन आयोगसँग बसेर बृहत्त छलफल गरेर एउटा निश्कर्षमा पुग्नुपर्ने बताउँदै यादवले भने,‘तर हामीसँग समय अत्यन्तै छोटो छ, तर ईच्छाशक्ति भयो भने असंभव केही छैन, यसमा सबैको सहयोग हुन जरुरी छ, भदौको पहिलो हप्ताभित्रै हामीलाई निर्वाचनको मिति चाहिन्छ यतातिर सरकारले ध्यान दिओस्, मंसिरको पहिलो हप्ताभित्रै निर्वाचन गर्नैपर्छ।’

उनले एकै चरणमा निर्वाचन गर्ने हो भने ७ करोड मतपत्र र ३ करोड मतदाता परिचयपत्र छाप्नुपर्ने भन्दै तर यसको लागि सरकारसँग भएको जनक शिक्षा सामाग्री केन्द्रसँग त्यो क्षमता नभएकोले सरकारले बेलैमा यसको बारेमा विकल्प खोज्नुपर्ने समेत सुझाव दिए ।
यद्धपी उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गरिए महिलाहरुको प्रतिनिधित्व सुनिश्चित हुँदैन कि भनेर चिन्ता व्यक्त गर्दै भने,‘यसलाई निवारण गर्नको लागि दलहरुले सोच्नुपर्छ, ईमानदार भएर सुनिश्चित गराउने प्रत्याभुति गराउनुपर्छ।’

त्यस्तै उनले आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीमा आयोग जुटिसकेको समेत बताए । उनले भने,‘यो निर्वाचनलाई हामी भव्य रुपमा सम्पन्न गर्न आँतुर छौं।’ उक्त निर्वाचन सफल रुपमा सम्पन्न गराउनको लागि भदौको पहिलो हप्ताभित्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिसक्ने उनले जनाए । त्यस्तै आयोले मतदाता शिक्षालाई प्रभावकारी अघि बढाउने र निर्वाचन आचारसंहिता लागु गरेर पनि अघि बढ्ने बताए ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि विद्युतीय मतदान मेशिन प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘ईलेक्टो«निक भोटिङ् मेशिन प्रयोग गर्नेबारेपनि छलफल हुँदैछ, तर यसको व्यवस्थापकीय जिम्मा सरकारले लिनुपर्छ, हामी यसबारेमा सरकार र दलहरुसँग् व्यापक छलफल गर्छौं, दलहरु तयार भए प्रयोग गर्न सकिन्छ, गर्ने नै हो भने सरकारले कि त किनेर ल्याईदिनुपर्यो, कि त लिजमा ल्याईदिनुपर्यो।’

प्रकाशित मितिः २०७४ साउन १५

वि.सं.२०७४ साउन १५ आइतवार १७:२५ मा प्रकाशित

You can share this post!

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...