back
NMB ad

पोखरामा सैनिकले सैनिकमाथि गोली हाने

Kumari bank ad

पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानेर हत्या गरेका छन् । फेवाताल किनारमा रहेको पोखरा सिद्धीबक्स गणको रत्न मन्दिरको सुरक्षार्थ खटिएका सैनिकले सुतिरहेका आफ्नै सहकर्मीको हत्या गरेका हुन् । दार्चुला घर भई प्यूठ पदमा गणमा कार्यरत वसन्त लोहारले बैतडी घर भएका सहकर्मी गणेश विष्टको हत्या गरेका हुन् ।

राति ३ बजेदेखि ६ बजेसम्मको ड्यूटीमा रहेका उनले बिहान ४ः३० बजे सुतिरहेका विष्टमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ । घरायासी विवादका कारण घट्ना घटेको प्रहरीको अनुमान छ । ड्यूटीका बारेमा कुनै विवाद नरहेकाले घरायासी विवादकै कारण घट्ना घटेको हुनसक्ने वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरीक्षक वसन्त शर्माले जानकारी दिए ।

मृतक विष्टको शरीरमा गोली लागेको बताइए पनि कुन भागमा लागेको हो भन्ने बारेमा खुलेको छैन । ‘घट्ना घटेको हो, थप अनुसन्धान भइरहेको छ’, कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले भने ।

मृतक विष्टको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ भने गोली प्रहार गर्ने लोहार आर्मीको नियन्त्रणमा छन् ।

प्रकाशित मितिः २०७४ साउन ३१

वि.सं.२०७४ साउन ३१ मंगलवार १३:३७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...