back
NMB ad

डेपुटी गभर्नर नियुक्ति नहुँदा १ खर्ब अलपत्र

Kumari bank ad

काठमाण्डौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त नगर्दा मन्त्रिपरिषदले गत पुस २१ गते भूकम्प तथा नाकाबन्दी पीडित व्यवसायीहरुलाई राहत दिने उद्देश्यले स्थापना गरेको १ खर्ब रुपैयाँको आर्थिक पुनरुद्दार कोष अलपत्र परेको छ भने यसबाट पीडितहरु लाभान्वित हुन पाएका छैनन् ।

कोषबाट समस्यामा परेको उद्योगी र व्यवसायीहरुलाई ५ प्रतिशत व्याजमै ऋण उपलब्ध गराउने व्यवस्था गरिएको थियो भने सरकारले त्यो कोषबाट तत्काल काम थाल्ने बताएको थियो । तर, सरकारले नयाँ डेपुटी गभर्नर नियुक्ति गर्न नसक्दा कोषले काम गर्नै पाएको छैन ।

कोष सञ्चालको संयोजक राष्ट्र बैंकको डेपुटी गभर्नर रहने व्यवस्था भएको हुँदा पनि कोषले काम गर्न नसकेको हो । गत पुस ९ गते देखि डेपुटी गभर्नरद्धय गोपाल काफ्ले र महाप्रसाद अधिकारीले अवकास पाएपछि राष्ट्र बैंकले अहिलेसम्म नयाँ डेपुटी गभर्नर पाउन सकेको छैन ।

१० फागुन २०७२, ३.००

वि.सं.२०७२ फागुन १० सोमवार १५:४० मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...