back
NMB ad

कुलमान घिसिङ भन्छन्ः उर्जामन्त्री र सचिवसँग मिलेर एक ढिक्का भएर काम गर्छाै

Kumari bank ad

काठमाडौ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री महेन्द्रबहादुर शाही र सचिव अनुपकुमार उपाध्यायसँगको आफ्नो सम्बन्धलाई लिएर प्रकाशित भएको भ्रामक समाचारको खण्डन गरेका छन् ।

घिसिङले मंगलबार एक विज्ञप्ति प्रकाशित उक्त समाचारमा कुनै सत्यता नरहेको जनाएका छन्।

हेर्नुहोस् प्रेस विज्ञप्ति

विभिन्न सञ्चार माध्यमा माननीय ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मलाई जोडी संप्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहान्छु ।

अहिलेकोऊर्जा संकट समाधान गरी ऊज्यालो नेपालनिर्माणगर्ने,निर्माणाधिन जलविद्युत तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तिब्रता दिने, प्राधिकरणको वित्तिय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम माननीयऊर्जा मन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको अवस्थामा सम्प्रेषित यस्ता समाचारले नकारात्मक सन्देश प्रवाह गर्र्नेे छ ।

माननीय ऊर्जा मन्त्री, श्रीमान् उर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्क भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालिन समस्या समाधान गर्न तदारुक्ताका साथ अगाडि बढिरहेको व्यहोरा समेत जानकारी गराउँदछु ।
दिगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामाआत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सब ैपक्षकोे सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युतप्राधिकरण

प्रकाशित मितिः २०७४ भदौ १३

वि.सं.२०७४ भदौ १३ मंगलवार १६:४२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...