back
NMB ad

इन्भेष्टमेण्ट बैंकको ९० लाख ६९ हजार ३८८ कित्ता सेयर आजबाट

Kumari bank ad

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आजबाट सेयरको नयाँ निस्कासन (एफपिओ) सुरु गरेको छ । बैंकले ९० लाख ६९ हजार ३८८ कित्ता सेयर जारी गर्न लागेको हो जसको फागुन १४ गतेसम्म आवेदन दिन पाइन्छ ।

बैंकले १०० रुपैयाँ अंकित दरका सेयरमा ५०१ रुपैयाँ प्रिमियम जोड्दै सेयर जारी गरेको हो । सर्वसाधारणले बैंकको एक कित्ता सेयरका लागि ६०१ रुपैयाँ हाल्नु पर्ने हुन्छ । लगानीकर्ताले कम्तिमा १० कित्ता र अधिकतम दुई लाख कित्तासम्मका लागि आवेदन दिन पाउँछन् ।

बजारमा बैंकको साधारण सेयरको मूल्य प्रति कित्ता ९१४ रुपैयाँ छ ।

बैंकको एफपिओ दरवारमार्गस्थित केन्द्रीय कार्यालयका साथै राजधानीभित्रका न्यूरोड, पुतलीशडक, ठमेल, कालिमाटी, बत्तीसपुतली, गोंगवु, वौध, त्रिपुरेश्वर, भोटाहिटी, नयाँ वानेश्वर, धुम्बाराही, लाजिम्पाट, महाराजगञ्ज, पुल्चोक, लगनखेल र सिपाडोल शाखामा गएर भर्न सकिन्छ ।

उपत्यका वाहिरका शाखाहरुमा पर्षाको वीरगञ्ज, रुपन्देहीको वुटवल र भैरहवा, वाराको जितपुर, काभ्रेको बनेपा, कास्कीको पोखरा, चिप्लेढुङ्गा र लेकसाइड, मोरङको विराटनगर, सुनसरीको इटहरी, विर्तामोडको मुक्तीचोक, चितवनको नारायणगढ, पर्षाबजार, पटिहानी, धनुसाको जनकपुरधाममा गएर भर्न सकिन्छ ।

त्यस्तै, बाँकेको नेपालगञ्ज, धनगढी बजार, सुर्खेत बजार, जुम्लाको खलंगा, हेटौंडा, पाल्पाको तानसेन, लुक्लाको चौरीखर्क, दाङको तुल्सीपुर, कपिलबस्तुको कृष्णनगर, उदयपुरको गाइघाट, सर्लाहीको लालबन्धि र वरथहवा, तनहुँको दमौली, स्याङ्जाको वालिङ र रामेछापको मन्थली शाखामा पनि बैंकको एफपिओ भर्न सकिन्छ ।

११ फागुन २०७२, ९.००

वि.सं.२०७२ फागुन ११ मंगलवार १०:०२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...