back
NMB ad

घरेलु तथा साना उद्योगका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने

Kumari bank ad

भक्तपुर । मुलुकको अर्थतन्त्रको विकासका लागि विशिष्ट योगदान पु¥याउँदै आएका लघु, घरेलु तथा साना उद्योगहरू सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै सरोकारवालाहरूले गुनासो गरेका छन् । भक्तपुर घरेलु तथा साना उद्योग संघको सचिवालय भवनको शिलान्यास गर्न आयोजित एक समारोहमा उनीहरूले यस्तो बताएका हुन् ।

साढे तीन तले उक्त भवनको शिलान्यास गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम भएर पनि सरकारले घरेलु तथा साना उद्योगको विकासमा ध्यान नदिएको बताए । घरेलु तथा साना उद्योगका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिंदै विदेशमा यसले नेपालको पहिचान र गौरव प्रस्तुत गर्न सकिने उनले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले वित्तीय र प्रविधि पहुँच नै लघु, घरेलु तथा साना उद्योगहरूका मुख्य चुनौतिको रूपमा रहेको भन्दै भने, मुलुकका वाणिज्य तथा विकास बैंकहरूले ठूला ठूला लगानीमा रूचि देखाउँछन भने ग्रमीण क्षेत्रमा सञ्चालित लघुवित्तहरूले गरिबी निवारणका लागि सघाउँदै आएका छन् लघु, घरेलु तथा साना उद्योगलाई सम्बोधन हुन सकेन ।’

संख्यात्मक हिसाबले पनि कम हुँदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त भनेको वित्तीय र प्रविधि पहुँच भएकोमा जोड दिंदै उनले भने, ‘कृषिमा धेरै प्रोजेक्टले अनुदान दिन्छन तर यो क्षेत्रमा न कुनै इन्सेन्टिभ छ नत सहज वित्तीय पहँच नै छ ।’

भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सुन्दरबस्तीमा बन्न लागेको सो भवन शिलान्यासकै क्रममा एक लाखभन्दा बढी आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष वीरेन्द्र जतीले बताए । जग्गा खरिद गरेको करिब १५ वर्षपछि भवन शिलान्यास भएको भवन आगामी दुई वर्षभित्र निर्माण कार्य पूरा गरी संघको सचिवालय सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

प्रकाशित मितिः२०७४ भदौ २८

वि.सं.२०७४ भदौ २८ बुधवार १३:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...