back
NMB ad

स्थानीय सरकारका आधार : पर्यटन र पूर्वाधार

Kumari bank ad

मानिस स्वाभावैले नयाँ कुरा र रमणीय ठाउँ देख्न लालयित हुन्छ । यो स्वभावले मानिसलाई नयाँ ठाउँमा पु¥याउँछ । नयाँ ठाउँमा नयाँ वस्तुको स्पर्श पनि उसले सजिलै गर्छ । हाम्रा गाउँ घर कुनै न कुनै हिसावमा सुन्दर छन् । अझ भनौ प्राकृतिक स्रोत साधनले हामी भरिपूर्ण छौं ।
हिमालका सेताम्मे हिउँ, पहाडमा लालीगुराँस र तराईमा एकसिंङ्गे गैंडा र बाघले सबैलाई आकर्षण गर्छ । केही पहिला तीन तले घर हुने गाउँमा धनी अर्थात सम्पन्न छ भन्ने अर्थमा बुझ्ने गरिन्थ्यो । आज हामी प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटले पनि तीनतले संरचनामा छौं । त्यसैले धनी पनि छौ । तीन तले देश अर्थात ‘सम्पन्न देश’ हो नेपाल ।
सन्तुष्टिको आधार हामीसंग छ, र समृद्धिको आधार पनि । अव हामी सुन्दरताको सन्तुष्टिमा गर्व गर्नु भन्दा पनि समृद्धिको आधारमा अगाडी बढ्नु पर्छ । आर्थिक सामाजिक रुपान्तरणमा ध्यान दिनु पर्दछ । आर्थिक क्षेत्रलाई बलियो बनाउनु पर्दछ । त्यसका लागि पर्यटन क्षेत्र प्रमुख आधार हो । हुन त पर्यटनको क्षेत्रबाट राष्ट्रिय आय (कुल गाह्रस्त उत्पादनमा) चार प्रतिशतको हाराहारीमा मात्र योगदान गरेको छ । तर पनि यो समृद्धिको आधारका लागि पहिलो नै हो । यसको प्रतिशत बढाउँदा मात्र हामी समृिद्धको बाटोमा लम्किएको सूचक मिल्छ ।
समृद्धि हाम्रै हातमा छ, त्यसैले स्थानीय सरकारका (स्थानीय तह) जनप्रतिनिधिहरुले आफ्ना टोल छिमेक नगर र गाउँमा रहेका धार्मिक ऐतिहासिक र प्राकृतिक सम्पदालाई अगाडी ल्याउन सक्नु पर्छ । सवल स्थानीय सरकारको आधार क्षेत्र पर्यटन नै हो । हाम्रा नगर सरकारले आफ्ना क्षेत्रमा पार्कहरुको निर्माण र ऐतिहासिक धरोहरको पूर्वाधार विकासमा रकम खर्चिन योजना निर्माण गर्नु पर्छ । त्यसका लागि सडक, खानेपानी, बिजुली, सञ्चार र सुरक्षाको प्रबन्ध गर्नुपर्छ । शान्त र रमणीय ठाउँ कसलाई प्यारो हुँदैन र ! त्यो प्यारो ठाउँ बनाउन पूर्वाधार विकासमा जोड दिनु पर्छ ।

ताप्लेजुङमा जननेता मदन भण्डारीको अस्तु सहितको स्मारक पार्क निर्माण गरी यसले संसारलाई आकर्षण गर्न सक्छ । मदन भण्डारीको जनताको बहुदलीय जनवाद सिद्धान्तको रुपमा स्थापित भएको छ । उनका अनुयायीहरु संसारभर बढ्दै गएको अवस्थामा मदनप्रति श्रद्धासुमन ब्यक्त गर्न पुग्छन् । यसले ताप्लेजुङको पर्यटनको विकासमा टेवा पुग्छ । ताप्लेजुङमा पुग्ने उनका अनुयायीहरुले मदनलाई खोज्ने गर्दछन् ।

हाम्रा गाउँहरु दीगो गाउँको रुपमा विकास गरिनुपर्छ । नकि सामान्य आवश्यकताले मानिसहरुलाई अयन्त्र नडोर्याओस् । प्राकृतिक कुरासंगै हामीले साँस्कृतिक पक्षलाई भुल्नु हुंदैन । खास–खास ठाउँमा खास–खास साँस्कृतिक महत्वहरु छन् । राई, थारु, मगर, गुरुङ, लगाएतका आदिवासी जनजातीहरुको संस्कृति रहन सहन भेषभुषा हाम्रा निधि हुन् । यीनीहरुको संरक्षण र संम्बद्र्धनमा जोड दिनुपर्छ । होमस्टेको रुपमा विकास भएका नवलपुरको अमलटारी थारु होमस्टे गाउँ, लम्जुङको घले गाउँ, स्याङ्जाको दरौ सिरुवारी जस्ता गाउँहरु हाम्रा सांस्कृतिक धरोहरका बलिया क्षेत्र हुन् ।
गाउँमा आउने पर्यटकहरु गाउँकै परिकारमा रमाउन खोज्ने गर्दछन् । त्यसका लागि हामीले उत्पादनलाई जोड्नु पर्छ । स्थानीय सरकारले स्थानीय उत्पादनलाई बढाउने योजना अगाडी बढाउनु पर्छ । स्थानीय जातका खाद्यान्नहरु उत्पादनमा जोड दिनु पर्छ । यसले उत्पादनमा बद्धि गर्छ । यहि उत्पादनले देशलाई विस्तारै खाद्यान्नमा निर्भर बनाउँदै लैजान्छ । एक महिना काम गरेर तीन महिना खान पुग्ने खाद्यान्न उत्पादन गरेर बर्ष भरी खाद्यान्न संकट ल्याउने र पेट पाल्नका लागि नै विदेश भौतारिने अवस्थाको अन्त्य गर्ने माध्यमको रुपमा पर्यटन क्षेत्रको विकासका योजनाहरु अगाडी सार्नुपर्छ । पर्यटकीय गन्तव्यहरुको पूर्वाधार विकास र यस वरपरका बासिन्दाको जीवनस्तर उठाउने योजना सार्दा गाउँ, नगरको दीर्घकालिन विकास अगाडी बढ्छ ।

Bidrohi giri tourism and local government
–विद्रोही गिरी

फुटकर कामले काम देखिन गाह्रो हुन्छ । त्यसैले पर्यटनको क्षेत्रलाई ध्यानमा राखेर स्थानीय तहले काम गर्दा सडक, बत्ति, सञ्चार, खानेपानी, पार्क, ऐतिहासिक धार्मिक क्षेत्रको संरक्षण विकास, शिक्षा लगायतका क्षेत्रमा ठुलो काम हुन्छ । यस्ता ठाउँहरुमा फुलको उत्पादन ब्यापार, स्थानीय खाद्यान्नमा उत्पादन बेरोजगार युवाहरु रोजगार हुने अवस्था सृजना गर्ने काम गर्छ । त्यसले स्वावलम्बी बन्न प्रेरित गर्छ । पर्यटन शुल्क यसको आधार हो । यसले स्थानीय सरकारको आन्तरिक आय बृद्धि भएर स्थानीय सरकार आफ्नै बजेटमा समेत चल्न सक्छ ।
थारु समुदायको आस्था र भरोसाको केन्द्र नवलपुरको कुमारवर्ती माई अर्थात देवचुली डाँडा नयाँ गन्तब्यको रुपमा विकास गर्न सकिन्छ । यसका लागि देवचुली नगरपालिका र बुलिङटार गाउँपालिकाले पूर्वाधार विकासमा ध्यान दिदा यहाँ सयौंले रोजगार पाउने करौडौं रकम भित्रने अवस्था हुन्छ । यसले नगरको विकासमा ठुलो योगदान दिन्छ । ताप्लेजुङमा जननेता मदन भण्डारीको अस्तु सहितको स्मारक पार्क निर्माण गरी यसले संसारलाई आकर्षण गर्न सक्छ ।
मदन भण्डारीको जनताको बहुदलीय जनवाद सिद्धान्तको रुपमा स्थापित भएको छ । उनका अनुयायीहरु संसारभर बढ्दै गएको अवस्थामा मदनप्रति श्रद्धासुमन ब्यक्त गर्न पुग्छन् । यसले ताप्लेजुङको पर्यटनको विकासमा टेवा पुग्छ । ताप्लेजुङमा पुग्ने उनका अनुयायीहरुले मदनलाई खोज्ने गर्दछन् ।
फुङलिङ बजार हुँदै पाथीभराको दर्शनमा जाने र फर्कनेहरु मदनलाई खोज्ने गर्दछन् । यस्ता राष्ट्रिय ब्यक्तित्वहरुले देशलाई संसारमा चिनाउँछन्, बाहिरका ब्यक्तिलाई आकर्षण गर्दछन् । यस्ता विषयमा स्थानीय सरकारले योजना बनाएर अगाडि बढ्न सक्छ । यी विषयहरु त उदारणका लागि प्रस्तुत गरिएका हुन् । पर्यटनको विकासले गति लिँदा सांस्कृतिक, धार्मिक, प्रकृति, कलाको संरक्षण र विकासमा सहयोग पुग्छ ।
पर्यटकीय सम्भावना बोकेका ठाउँहरुमा आवश्यकता अनुसार केबलकार, होटेल व्यवसाय सञ्चालन गरिनुपर्छ । राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्षण केन्द्र तथा शिकार आरक्षण केन्द्रहरु पर्यापर्यटनका आधारहरु हुन् । जैविक बिबिधताको संरक्षणबाट गाउँको विकासका आधारहरु पहिल्याउन सक्दछौं यसका माध्यमबाट हामीलाई दिगो गाउँ बनाउन सहयोग पुग्छ ।
आजको जमात किसानी गर्न तयार छैन । पर्यटनको माध्यमबाट हामीले कृषिमा उपादकत्व बृद्धि गर्नुछ । तर त्यसलाई ब्यवसायको माध्यम बनाउन पर्यटनसंग जोड्नु आवश्यक छ । कृषिका परियोजनाहरुमा ध्यान कम दिने गरेता पनि त्यसलाई पर्यटन संग जोड्दा आकर्षण बढ्छ । यस्ता विषयमा स्थानीय सरकारले ध्यान पुर्याउन आवश्यक छ । माछाको पकेट क्षेत्र, पशुपालनको पकेट क्षेत्र, धान उत्पादनको पकेट क्षेत्र, फलफुल उत्पादनको पकेट क्षेत्र, तरकारी उत्पादनको पकेट क्षेत्र बनाउँदा यसको अनुसन्धानमा आउने टोली होस अथवा आउने पर्यटकलाई स्थानीय स्वाद चखाउनका लागि पनि उत्पादनमा प्रेरित गर्ने काम स्थानीय सरकारले गर्नुपर्छ ।
सबै बस्तुको विकल्प हुन सक्छ तर खाद्यान्नको विकल्प छैन । कृषि पर्यटनका माध्यमबाट कृषिमा आत्मनिर्भर बनाउने योजना जरुरी छ । यसले युवा जमातलाई स्वदेशमै रोक्न सक्छ । पर्यटकीय क्षेत्रमा चाहिने गाइड, भरिया लगायतका जनशक्ति पनि खपत हुने हुँदा क्षमता अनुसारको काम गराउन स्थानीय सरकारले सक्छ । प्रवद्र्धनको कामलाई उत्तिकै महत्व दिने योजनाहरु सारिनुपर्छ । प्रत्येक नगर र गाउँपालिकाले पर्यटन गुरु योजना बनाएर पर्यटकीय क्षेत्रको विकासमा लाग्न जरुरी छ । जति चाँडो यो काममा लागिन्छ त्यत्तिनै समृद्धिका आधारहरुका ढोकाहरु खुल्दै जाने छन् ।
(लेखक ः नेपाल पर्यटन पत्रकार मञ्चका संस्थापक अध्यक्ष हुन् ।)

वि.सं.२०७४ भदौ २८ बुधवार १४:५५ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...