काठमाडौ। मञ्जुश्री फाइनान्स लिमिटेडको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हकप्रद सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले १ सय कित्ता बराबर ५ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
अघिल्लो आवमा ३ करोड ३० लाख नाफा कमाएको कम्पनीले गत आवमा ६ करोड ४२ लाख नाफा कमाएको थियो । ७२ करोड ४३ लाख चुक्ता पूँजी रहेको कम्पनीले १ सय बराबर ५ अनुपातमा हकप्रद दिएपछि ७५ करोड ६० लाख पूँजी पुग्नेछ ।
प्रकाशित मितिः २०७४ असोज १
वि.सं.२०७४ असोज १ आइतवार १५:३६ मा प्रकाशित