back
NMB ad

नेपालको ‘ताजमहल’ मा रिसोर्टहरु सञ्चालनमा आउन थाले,पर्यटकलाई सहज

Kumari bank ad

पाल्पा। नेपालको ‘ताजमहल’ भनेर चिनिने पाल्पाको रानीमहल जाने बाटोमा रिसोर्टहरु सञ्चालनमा आउन थालेका छन्। रानीमहल पुग्नुभन्दा चार किलोमिटर अगाडि बगनासकाली गाउँपालिका–८, गाईघाटमा डिउ क्याम्पिङ्ग रिसोर्ट सञ्चालनमा आएपछि रानीमहल आवतजावत गर्ने पर्यटकलाई सहज हुन थालेको छ। रिसोर्टमा खाना, नास्ता तथा बासको समेत व्यवस्था रहेको सञ्चालक बसन्त कुँवरले बताए।

तानसेनदेखि १३ किलोमिटर उत्तरमा रानीमहल रहेको छ। कालीगण्डकी नदी विश्वमै वीरलै बहने उत्तरबाहिनी नदीका रुपमा रहेकाले पनि पर्यटकको धेरै आवतजावत हुने भएपछि त्यस क्षेत्रमा सुविधासम्पन्न होटलको अभाव रहेको थियो।

कुँवरको ५० लाख रुपैयाँ लगानीमा १२ रोपनी जग्गामा रिसोर्ट निर्माण गरिएको हो। रानीमहल क्षेत्रमा सुविधासम्पन्न होटलको अभावमा रानीमहल पुगेपनि तानसेन नै बास बस्न आउनुपर्ने बाध्यता रहेको थियो। हराभरा तथा सुन्दर क्षेत्रमा रहेको रिसोर्टमा स्थानीय जातका धानको भात, कोदो, फापर, मकै, दूध, घ्यू, लोकल कुखुरा, खसी बोका, माछाको परिकार प्रमुख विशेषता रहेको छ।

रिसोर्टमा सुविधासम्पन्न स्थानीय मोडलमा भान्साघर, काउन्टर, आवासका लागि दुईवटा कुडुले घर, मिनि स्वीमिङ पुल, तरकारी बाली र प्रसस्त पिकनिकस्थलसमेत रहेको सञ्चालक कुँवरले जानकारी दिए।

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ असोज ४ बुधवार १०:५८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...