काठमाडौ । चिलिमे हाइड्रोपावर कम्पनीले बुक क्लोजको मिति सच्याएको छ । गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांशका लागि शुक्रबार बुक क्लोज गर्ने भनेको भियो ।
चिलिमेले एक दिनअघि सूचना प्रकाशित गरेर भोलिपल्ट असोज २६ गतेमात्र सेयर दाखिला बन्दको जानकारी नेप्सेमा गराएर नियम उलङ्घन गरेको थियो । तर बुक क्लोजको सूचना ७ दिनअघि नै दिनुपर्ने कानुनी प्रावधान छ । चिलिमेले कानुन मिचेर १ दिनको समय राख्दै बुक क्लोज सूचना सार्वजनिक गरेको भन्दै लगानीकर्ताले व्यापक विरोध गरेपछि पुनः नयाँ मिति राखिएको हो । अब नयाँ सूचना अनुसार चिलिमेको बुक क्लोज कात्तिक ६ देखि कात्तिक २४ गतेसम्म हुनेछ ।
यसआधारमा कात्तिक ५ गतेसम्म कायम सेयरधनीले पनि २५ प्रतिशत लाभांश पाउन सक्नेछन् ।
प्रकाशित मितिः २०७४ साउन २७
वि.सं.२०७४ असोज २७ शुक्रवार १३:०३ मा प्रकाशित