back
NMB ad

लगानीकर्ताहरु भर्ने होईन त ? मेगा बैंकको २ करोड ९७ लाख कित्ता सेयर भर्ने म्याद थपियो

Kumari bank ad

काठमाडौ । मेगा बैंकले जारी गरेको १० बराबर ६.५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रदमा अब कात्तिक १४ गतेसम्म आवेदन गर्न पाइने भएको छ । भदौ २७ गतेदेखि निष्कासन खुला गरिएको सो हकप्रद सेयरमा असोज ३० गतेसम्म आवेदन गर्ने म्याद थियो । बैंकले त्यसलाई बढाएर कात्तिक १४ पुर्याएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउने मिसनमा रहेको मेगाले १०ः६.५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता सेयर बिक्री खुला गरेको हो । हकप्रद निष्काशनपछि मेगाको चुक्ता पुँजी ७ अर्ब ५६ करोड ८ लाख १६ हजार ४८१.८१ रुपैयाँ पुग्नेछ । यसमा गत माघ ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

मेगाको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङ हो ।

मेगाको यो हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड नक्साल काठमाडौ र मेगा बैंकको केन्द्रीय कार्यालय राइजिङ मल काठमाडौ तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिंङबाट भने चेकमात्र बुझ्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः २०७४ असोज ३०

वि.सं.२०७४ असोज ३० सोमवार १०:२९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...