back
NMB ad

एनआरएनएमा भवन भट्ट विजयी, हेर्नुहोस को–को निर्वाचित भए (सूचिसहित)

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।

काठमाडौंमा अक्टुबर १५–१७ मा सम्पन्न आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले पराजित गर्दै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए ।१८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए ।

उपाध्यक्षहरुमा कुमारप्रसाद पन्त र कुल आचार्य र महिला उपाध्यक्ष सपिला राजभण्डारी विजयी भएका छन् । दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । महासचिवमा पुनः डा. बद्रि केसी निर्वाचित भएका छन् । महासचिव पदका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।
सचिवहरुमा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । दुुई सचिवका लागि ६ जना उमेदेवारबीच प्रतिस्पर्धा भएको थियो । कोषध्यक्षमा पुनः हिक्मतबहादुर थापा बिजयी भएका छन् । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।

महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छन् । युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् ।

युरोप क्षेत्रिय संयोजकमा शिव बरुवाल विजयी भएका छन् । युरोप उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् । युरोप महिला संयोजकमा संगीता मरहठ्ठा विजयी भएकी छिन् ।

अमेरिका संयोजकमा गौरीराज जोशी र उपसंयोजकमा नविन शेरचन र महिला उपसंयोजकमा संगीता लम्सााल शिवाकोटी निर्वाचित भएका छन् ।

ओशिनिया क्षेत्रिय संयोजकमा धर्मराज अधिकारी र महिला उपसंयोजकमा प्रिति शर्मा विजयी भएका छन् ।

मध्यपुर्व क्षेत्रिय संयोजकमा कतारका आरके शर्मा विजयी भएका छन् । उपसंयोजकमा गोपाल कंडेल र प्रवीण गुरुङ निर्वाचित भएका छन् । क्षेत्रिय संयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् ।

एसिया प्रशान्त क्षेत्रिय संयोजकमा किरणविक्रम थापा र उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँवर निर्वाचित भएका छन् । महिला उपसंयोजकमा जुनु गुरुङ निर्वाचित भएकी छिन् ।

अफ्रिका क्षेत्रिय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा. भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् ।

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र छ वटा क्षेत्रय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था छ । एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ ।

सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए ।

प्रकाशित मिति ः ३१ असोज २०७४

वि.सं.२०७४ असोज ३१ मंगलवार ०३:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...