back
NMB ad

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो, प्रदेशसभा सञ्चालनको खर्च झन्डै तीन अर्ब रुपियाँ

Kumari bank ad

काठमाडौं । संघीय संरचनाअनुसार पहिलोपटक गठन हुन लागेको प्रदेशसभा सञ्चालनको खर्च वार्षिक झन्डै तीन अर्ब रुपियाँ हुने भएको छ । यो खर्च भौतिक पूर्वाधार निर्माणबाहेकको हो ।

एउटा प्रदेशसभा र सचिवालय सञ्चालनको खर्च भने वार्षिक ३६ करोड ४२ लाख रुपियाँ अनुमानित छ ।

व्यवस्थापिका संसद् सचिवालयले वर्तमान संसद् र सचिवालयको चालू खर्चका आधारमा प्रदेशसभा र सचिवालयको खर्च प्रक्षेपण गरेको हो । प्रदेशसभा सञ्चालन र जनशक्ति व्यवस्थापनबारे संसद् सचिवालयले विस्तृत अध्ययन गरेको छ । सहसचिव डा। भरतराज गौतमको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार पारिसकेको छ ।

समिति संयोजक डा। गौतमले प्रतिवेदन तयार भइसकेको बताए । गौतमले भने, ‘समितिले विस्तृत अध्ययनसहितको प्रतिवेदन तयार पारिसकेको छ, हामीले जनशक्ति र खर्चको अनुमान विस्तृत रूपमा गरेका छौँ ।’

समितिको विश्लेषणअनुसार एउटा प्रदेशसभा सञ्चालनका लागि २३ करोड ११ लाख ४२ हजार ८५८ रुपियाँ अनुमान गरिएको छ । सातवटै प्रदेशसभाको खर्च कुल एक अर्ब ६१ करोड ८० लाख रुपियाँ हुनेछ । प्रदेशको सचिवालय खर्च १३ करोड ३१ लाख ४२ हजार ८५८ रुपियाँ हुनेछ । सातै प्रदेशमा गरी ९३ करोड २० लाख रुपैयाँ सचिवालय खर्च हुनेछ । प्रदेश सभा र सचिवालय खर्चअन्तर्गत कुल दुई अर्ब ५५ करोड रुपियाँ हुनेछ ।

समितिले अध्ययनमा भौतिक पूर्वाधार निर्माण खर्च जोडेको छैन । हालको केन्द्रीकृत संरचना अनुसारका बैठककक्ष सञ्चालन भवन, सभामुख, उपसभामुखका लागि कार्यकक्ष, विपक्षी दल र संसदीय दलका नेताको कार्यालय लगायतका व्यवस्था गर्नुपर्ने समितिको सुझाव छ ।

समितिले प्रदेशसभा सञ्चालनका लागि एउटा प्रदेशमा ४७ जना स्थायी कर्मचारी हुनुपर्ने निष्कर्ष निकालेको छ । यस्तै अस्थायी वा करारमा कम्तीमा २० जना कर्मचारी पनि आवश्यक रहने समितिको प्रतिवेदनमा उल्लेख छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मितिः २०७४ असोज ३१

वि.सं.२०७४ असोज ३१ मंगलवार ०६:५५ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...