काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेप्से ०.६६ अंकले घटेर १ हजार ५ सय ६७.६४ अंकमा पुगेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १४ लाख ३३ हजार ८४८ कित्ता सेयर ४६ करोड ९९ लाख ५० हजार ५सय ९४ रुपैयाँमा कारोबार भएको छ ।
साताको दोस्रो दिन, दिनभरिमा १५६ वटा कम्पनीको ८ लाख ८७ हजार ६४३ कित्ता सेयर ४० करोड ७ लाख ९७ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
आज वीमा, उत्पादन र अन्य बाहेक अरु सबै समूहको परिसूचक रातो रंगले पोतिएको छ । क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३३ अंकले घटेको छ ।
प्रकाशित मितिः२०७४ कार्तिक ७
वि.सं.२०७४ कात्तिक ७ मंगलवार १७:५८ मा प्रकाशित