back
NMB ad

स्वास्थ्य संस्था भवन निर्माणमा ढिलाइले सेवा प्रभावित

Kumari bank ad

म्याग्दी । म्याग्दीका स्वास्थ्य संस्थाको भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा समस्या भएको छ ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण निर्धारित समयमा भवन नबन्दा उपचार सेवा प्रवाहमा समस्या भएको हो । अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा १८ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७१ मा शुरु भएको स्वास्थ्य चौकीको भवन निर्माण कार्य अझै पूरा हुन सकेको छैन ।

एक वर्षअघि नै सकिनुपर्ने भवन अझै पूरा नहुँदा अलपत्र पर्नुका साथै सेवा प्रवाहमा असर परेको राम्चे स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राजु पुनले बताउनुभयो । हाल वडा कार्यालयसँगैको दुईवटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हँुदै आएको छ ।

बिरामीको स्वास्थ्य परीक्षण, परामर्श, सुरक्षित प्रसूति, औषधि भण्डारणजस्ता कक्षको अभाव हुँदा समस्या भएको हो । सो भवन निर्माणको जिम्मा लिएको भगवती निर्माण सेवाका सञ्चालक गोपाल भट्टचनले भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण ढिलाइ भएको बताए ।

हिउँद र बर्खामा प्रतिकूल मौसमका कारण काम गर्न नसक्नु तथा दुर्गम भएकाले बालुवा, सिमेन्ट, रड, ढुंगाजस्ता निर्माण सामग्री ढुवानी गर्न समस्या भएको उहाँको भनाइ छ । राम्चेको मात्र नभएर गत असारमै सकिनुपर्ने बिम, बरंजा र पिप्ले स्वास्थ्य चौकीको भवनको अवस्था पनि उस्तै छ ।

अठार महिनामा सक्ने लक्ष्यसहित विसं २०७० मा बेनीमा शुरु भएको जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्माण कार्य हालै मात्र सकेर हस्तान्तरण भएको थियो । डिभिजनका इञ्जिनियर गणेश महर्जनले भौगोलिक विकटता र व्यवसायीले समयमै काम नगर्दा भवन निर्माणमा ढिलाइ भएको बताए ।

ढिलाइ गर्ने व्यससायीलाई ताकेता गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बरंजा, पिप्ले र बिमको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसैगरी विसं २०७३ देखि देविस्थान र भगवती स्वास्थ्य चौकीको भवन निर्माण कार्य शुरु भएको छ ।

यस वर्ष थप छवटा स्वास्थ्य चौकीको भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । कुइनेमंगले, घार, हिस्तान, पुलाचौर, कुहुँ, ओखरबोट र मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माणका लागि ठेक्का सम्झौताको तयारी भएको इञ्जिनियर महर्जनले बताए ।

यसैगरी, बेनी अस्पतालको ५० सै्यया क्षमताको भवन र चिकित्सक निवासका दुईवटा भवन निर्माणको काम शुरु भएको छ । रासस

फाइल फोटो

प्रकाशित मितिः २०७४ कार्तिक १०

वि.सं.२०७४ कात्तिक १० शुक्रवार १३:१७ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...