काठमाडौं । शिखर इन्सुरेन्सले २९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई आकर्षक बोनस सेयर दिने प्रस्ताव गरेको हो । यसैगरी शिखरले कर तिर्न १.५२ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।
नगद लाभांशका लागि कम्पनीले १ करोड २४ लाख ८० हजार २ सय रुपैयाँ खर्च गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ८१ करोड ७६ लाख ६८ हजार ३ सय रुपैयाँ छ । २९ प्रीतशत बोनस सेयर दिएपछि चुक्ता पुँजी १ अर्ब ५ करोड ४७ लाख ९२ हजार १०७ रुपैयाँ पुग्नेछ ।
प्रकाशित मितिः २०७४ कार्ति १४
वि.सं.२०७४ कात्तिक १४ मंगलवार १२:२४ मा प्रकाशित