back
NMB ad

एमबीबीएस परीक्षामा चिट चोरीमा संलग्न चिकित्सक पक्राउ

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने थप दुईजना पक्राउ परेका छन् । प्रहरीले चिकित्सक सुशील मण्डल र कन्सलटेन्सी सञ्चालक अभय मिश्रलाई पक्राउ गरेको हो ।

मण्डल डिभाइसमार्फत प्रवेश परीक्षाको उत्तर तयार पार्ने व्यक्ति हुन् । आइओएमबाटै उनले एमबिबिएस अध्ययन गरेका हुन् । कुनै अस्पतालमा पनि काम नगर्ने उनले एमबिबिएसको परीक्षामा चलखेल गर्दै आएका थिए ।

त्यस्तै, मिश्र पुतलीसडकस्थित एडुमार्क कन्सलटेन्सीका सञ्चालक हुन् । उनी प्रवेशपत्रमा फोटो परिवर्तन गराउने व्यक्ति हुन् । किर्ते मुद्दामा कारबाही गरेपछि उनलाई डिभाइसमार्फत समेत चिट चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । प्रहरीले २८ असोजमा चिट चोर्ने विद्यार्थी तथा चोराउने गिरोहलाई पक्राउ गरेको थियो । सोही घटनाको अनुसन्धानका क्रममा थप दुईजना पक्राउ परेका हुन् । घटनामा संलग्न अझै केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

संगठित अपराध मुद्दा

गिरोहका नाइके समीरकुमार झालगायत अभियुक्तविरुद्ध प्रहरीले साइबर अपराध मुद्दामा अनुसन्धान गर्दै आएको थियो । आइतबारदेखि प्रहरीले उनीहरूविरुद्ध संगठित अपराध मुद्दा पनि लगाएको छ । संगठित अपराध मुद्दामा जिल्ला अदालतबाट थुनामा राख्द म्याद लिइएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए । संगठित रूपमा गम्भीर किमिसको अपराध भएकाले आफूहरूले संगठित मुद्दा लगाएको उनको भनाइ थियो । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न पाउँछ, साथै सजाय पनि ५० प्रतिशत थप हुन्छ ।

गिरोहका नाइके झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, डा। सुशील मण्डल, अभय मिश्र, विशदेव र सौभरकुमारविरुद्ध विद्युतीय कारोबार ऐनका साथै संगठित अपराध मुद्दामा पनि कारबाही अघि बढाइएको हो ।

विद्यार्थीलाई पनि मुद्दा

चिट चोर्ने विद्यार्थीलाई प्रहरीले पीडित बनाएर छाडेको थियो । तर, सरकारी वकिल कार्यालयले उनीहरूलाई पनि प्रतिवादी बनाएको छ । सरकारी वकिल कार्यालयको निर्देशनपछि विद्यार्थीहरू राहुल झा, शिखा झा, महेन्द्र ठाकुरलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । पक्राउ परेर छुटेका विद्यार्थी सक्षमराज भण्डारी भने फरार छन् ।

चिट चोरेकै आधारमा विद्यार्थीलाई समेत थुनामा राखेर मुद्दा चलाएकामा अभिभावकहरू रुष्ट बनेका छन् । उनीहरूले पाँच लाख रुपैयाँसम्म बुझाएर सिमकार्ड लाग्ने गोप्य डिभाइसमार्फत चिट चोरेका थिए । चिट चोरीमा संलग्न भारतीय विद्यार्थीहरू भने फरार छन् । भारतीय विद्यार्थीहरूसँग सो गिरोहले १२ लाख भारुसम्म लिने गरेका थिए । एमबिबिएस पढ्न ५० लाख रुपैयाँसम्म लाग्ने भएकाले शतप्रतिशत उत्तर मिलाएर छात्रवृत्तिमा नाम निकालिदिने ग्यारेन्टी दिँदै उनीहरूले पैसा लिने गरेका थिए ।

चिट चोरेको पुष्टि, नतिजा अन्योलमा

करिब चार सातापछि प्रहरीले एमबिबिएस प्रवेश परीक्षामा चिट चोरी गरिएको पुष्टि भएको जनाएको छ । प्रहरीले आइतबार आइओएमलाई त्यससम्बन्धी प्रतिवेदन दिएको छ । जसमा पक्राउ परेकामध्ये केही विद्यार्थीले चिट चोरेको पुष्टि भएको छ । उनीहरूले अन्य विद्यार्थीहरूलाई पनि चिट चोराएको प्रहरी आशंका छ । पक्राउ परेका व्यक्तिहरूबाट प्रश्न–उत्तरको कापी र विद्यार्थीहरूले दिएको उत्तर ठ्याक्कै मिलेको छ ।नयाँपत्रिका दैनिकबाट

प्रकाशित मितिः२०७४ कार्तिक २०

वि.सं.२०७४ कात्तिक २० सोमवार १५:०५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...