back
NMB ad

काठमाडौं महानगरले संचालन गर्यो हाइस्पिडको ‘काठमाडौँ मेट्रो’ एप्पस

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले औपचारिक रुपमा ‘काठमाडौँ मेट्रो’ एप्सको सुरुवात गरेको छ ।

महानरपालीकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले एप्सको शुभारम्भ गर्दै प्रविधिको उचित प्रयोगमार्फत कामपाले गरेका विकास निर्माणका कार्यलाई छिटो र यथार्थ रुपमा जनतामा लैजान एप्सको भूमिका महत्वपुर्ण रहने बताए ।

कामपाका सेवाग्राहीले सेवा सुविधाका बारे घरमै बसेर बझ्न र महानगरको अधिकार, दायित्व र कामको गतिविधिबारे प्रष्ट पार्न एप्सको भूमिका प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले प्रविधिको प्रयोग बिना आजका कामकाज सरल नहुने भएकाले सहजता र पारदर्शीताका लागि प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिइन् ।

कामपाका कार्यकारी अधिकृत धनिराम पौडेलले महानगरपालिका प्रविधि प्रयोगमा धेरै पछाडि छ, ढिलै भए पनि प्रविधि विस्तारमा थप अर्को प्रविधिका रुपमा मोबाइल एप्स महानगरवासी समक्ष ल्याइएको बताए ।

महानगरले १७ हजार ४४३ वटा मोबाइलमा एकै पटक सूचना प्रवाह गर्न सक्ने समूह सन्देश प्रविधिको समेत विकास गरिसकेको छ । यो प्रविधिको मोबाइल प्रयोगकर्ताले कामपा सुरुवात गरेको यस एप्सको प्रयोग गरी महानगरको सम्पूर्ण गतिविधिबारे सजिलै जानकारी लिन सक्ने छन् ।
२१ कार्तिक २०७४

वि.सं.२०७४ कात्तिक २१ मंगलवार ०७:५८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...