back
NMB ad

अत्याधिक बाक्लो तुवाँलोका कारण नयाँदिल्लीको जनजीवन प्रभावित

Kumari bank ad

अत्याधिक बाक्लो तुँवालोका कारण भारतको राजधानी नयाँ दिल्लीको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिल्लीका सबै विद्यालयहरुमा बाहिर खुला ठाउँमा गरिने सबै गतिविधिहरुमा रोक लगाइएको अधिकारीहरुले बताएका छन् । कतिपय विद्यालयहरुमा त पठनपाठनसमेत बन्द गरेर अनिश्चितकालका लागि विद्यालयहरु सञ्चालन नगर्न भनिएको छ ।

धेरै प्रदूषित शहरमध्येमा पर्ने दिल्लीलाई लगातार दोस्रो दिन बुधबार बाक्लो तुवाँलोले ढाकेको अधिकारीहरुले बताएका छन् । भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा कैयौँ गुणासम्म बढी पाइएको उनीहरुको भनाई छ ।

कम गतिको हावा, निर्माणस्थलबाट आउने धुलो, फोहोर जलाउने कार्य र चाडपर्वहरुमा पड्काइने पटाकाले दिल्लीमा वायु प्रदूषणको स्तर बढाएको बताइन्छ । दिल्लीमा हरेक वर्ष विषेश गरेर जाडोको समय शुरु भएपछि बाक्लो तुवाँलो फैलिने समस्या आउने गरेको छ ।

प्रकाशित मितिः२०७४ कार्तिक २३

वि.सं.२०७४ कात्तिक २३ बिहीवार १५:५७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...