back
NMB ad

मलाई राजनितिमा लागेर पैसा कमाउनु छैनः हरिशरण लामिछाने

Kumari bank ad

भक्तपुरको तत्कालिन छालिङमा वि.स २०२४ साल फागुन ११ गते पिता हरिप्रसाद र माता देवमाया लामिछानेको कोखबाट जन्मेका हरिशरण लामिछाने, भक्तपुरको बामपन्थी आन्दोलनका एक हस्ती हुन् । मंसिर २१ गते हुने निर्वाचनमा भक्तपुरको प्रदेश सभा १ मा बामगठबनधनको तर्फबाट एमालेका उम्मेदवार उनै लमिछानेसंग हेमराज ढकालले गरेको कुराकानीको केही अंश ।

उम्मेदवार भइरहँदा तपाईंका चुनावी एजेण्डा के–के छन् ?

आगामी योजना विगतमा योजनामा पारिएका यी बजेटहरु तीब्रता दिनु हाम्रो मुख्य काम हो । त्यो बाहेक अब हामीले बाँकी रहेको क्षेत्र जस्तै– सेटलाइट सिटी, ननसेटलाईट सिटीमा व्यवस्थित आवास बनाउनु छ र घना बस्ती भएका ठाउँहरुमा पनि हामीले व्यवस्थित आवासको व्यवस्था गर्नुछ र विशेषगरी जनताको सडक ढल, खानेपानीको समस्या छ त्यसलाई सम्बोधन गर्नुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारी आवास खाद्य समस्यालाई हामीले मौलिक हकको रुपमा र संविधानमा लेख्यांै त्यो कार्यान्वयन गर्नका लागि चाहीँ एउटा कानुनको बाधा हामीलाई छ । अर्को चाहीँ हाम्रो स्रोत, साधन र शक्तिको सदुपयोग गर्न नसक्दा हामीलाई त्यो पनि एउटा बाधा हुनसक्छ । यी दुईटा कुरालाई ब्यालेन्स गर्न युवाहरुका रोजगारीका समस्या सम्बोधन गर्न कुरा हाम्रो अर्को समस्या छ । भक्तपुर जिल्लालाई एउटा धार्मिक पर्यटकीय हिसाबले अगाडी बढाउन सकिन्छ । नगरकोटदेखि घ्याम्पे डाँडा, पाइलटडाँडा, रानीकोटदेखि लिएर हामीकाहाँ डोलेश्वर, चाँगुनारायणदेखि विभिन्न मठमन्दिरहरु एउटा हिन्दु धर्मालम्बीहरु तिर्थस्थलहरु छन् । साँस्कृतिक र पर्यटकीय हिसाबले पनि अगाडी बढाउन सकिन्छ । नगरका प्रत्येक वडाहरुमा एउटा गरिबले उपचार गर्न सकिने स्वास्थ्य केन्द्र, एउटा गरिबले पढ्न सक्ने सामुदायिक विद्यालय नमूनाको रुपमा सञ्चालन गर्न र एउटा प्राविधिक विद्यालय पनि सिपमुलक तालिम अथवा सिपमुलक पढाई पढाउने शिक्षा दिने योजना अघि सारेका छौं । आईटीलाई व्यापक उपयोग गरेर डिजिटल उपयोग गरेर भक्तपुरलाई लैजाने योजना छ ।

भक्तपुरमा धमाधम एमाले प्रवेश गर्ने बढेका छन् यसको कारण के हो ?

दुवै कुरा छ । केपी ओली राष्ट्रियताका लागि लिनु भएको अडान, विकासका लागि गरेको प्रतिबद्धता हो । राष्ट्रिय राजनीतिको प्रभाव हुने नै भयो । मान्छेको मनमा एमाले ठिक हो भन्ने त परेको छ तर त्यसलाई भोटमा परिर्वतन त गर्न सकिदैन । भक्तपुरमा हामीले विगतमा खेलेको भूमिकाले पार्टीमा अझै आकर्षण थपेको छ । स्थानीय निर्वाचनमा हामीले तीन वटा नगरपालिका जित हासिल गरेपछि एमालेमा जनलहर आएको छ ।

तपाईंले जितेपछि भक्तपुर र चाँगुनारायण क्षेत्रको विकासका लागि कस्तो परिकल्पना गर्नुभएको छ ?

भक्तपुरलाई विकाश गर्न हामीले मुुुख्यतः पर्यटनलाई जोड दिनु पर्दछ । हामीका धार्मीक र प्राकृतिक पर्यटनलाई बढवा दिन सके स्थानीयहरुको आयश्रोतमा वृद्धि हुनेछ । हामीसँग दुई वटा खोला छन् । एउटा मनहरा खोला भक्तपुर र काठमाडौंको सिमानामा बग्छ । अर्को हनुमन्ते खोला । दुवै खोला हामी सफा गर्छांैं । खोलाको दुवैतिर ग्रीन करिडोर बनाउने, सडक व्यवस्थित गर्ने काम गर्नुपर्नेछ । साक्षरता जिल्ला घोषणा गरेको भक्तपुर जिल्लालाई शिक्षित जिल्ला घोषणा गर्ने योजना रहेको छ । शिक्षित, प्राविधिक र दक्ष जनशक्ति उत्पादन गर्ने योजना छ ।

तपाईको राजनीतक जीवन छोटोकरीमा बताइदिनुस् त ?

मैले तत्कालिन नेकपा मालेको भातृ संगठन अनेरास्ववियुबाट २०३९ सालमा सदस्यबाट सुरु गरेको हुँ । यस दौरानमा मैले पार्टीको गाउँ इकाई कमिटीको सचिवदेखि अहिले नेकपा एमालेको जिल्ला समन्वय कमिटिको सचिव पदमा रहेर जिम्मेवारी निर्वाह गर्दै छु । म प्रजातन्त्र पूनस्थापनाको २०४६ सालको आन्दोलमा क्रममा घाइते समेत भए । विभिन्न समयमा गरेर १३ पटक राजनितिक कारणले तत्कालिन प्रशासनले गिरफतार गरेको छ ।

राजनितिलाई पेशा बनाउन खोज्नेहरुलाई तपाईको के सुझाव छ ?

राजनिति सेवाको पेशा हो, कमाउने हो भने त व्यापार गर्नु पर्दछ, तर अहिले राजनितिमा विकृती मौलायो यसको अन्त्य गर्न जरुरी छ । ’ समाज परिर्वत गर्छु भनेर राजनितिमा होमिएका धेरैले राजनितिलाई पेशा बनाएर अगाडी बढ्दा जनतामा वितृष्र्णा छाएको छ । सच्चा र निष्ठाको राजनितिलाई अंगालेकाहरुको सम्मान कुनै न कुनै दिन जनताले अवश्य गर्ने छन् । त्यसको लागि हामीमा इमान्दारिता हुन जरुरी छ ।

तपाइलाई जनताले मत दिने आधार के ?

म गर्न नसक्ने कामलाई सक्छु भने झुट बोल्न सक्दिन, मलाई जनताले विश्वास गरेर दिएको मतको अवमुल्यन हुन दिने छैन् । किनकी मलाई राजनितिमा लागेर पैसा कमाउनु, घर बनाउनु, गाडी चढ्नु छैन् । म हिजो पनि सार्वजनिक यातायातमा चढेर हिडथे र भोली पनि हिड्छु । मेरो उद्देश्य भनेको राजनितिले समाजको परिर्वतनसंगै विकाश गर्नु हो । जनताले जिवन सुखसंग बिताउन सकुन ।

अन्त्यमा तपाईको मतदातालाई केही भन्नु छ ?

मलाई आशा छ, यो पटक मेरो क्षेत्रका आम मतदाताहरुले मलाई उहाँहरुको सेवा गर्ने जिम्मेवारी दिनु हुनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७४ 

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०७:१० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...