back
NMB ad

निर्वाचन सम्पन्न भए लगत्तै एमालेको यस्तो आयो प्रेस नोट

Kumari bank ad
काठमाडौंनेकपा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिव विष्णु रिमालले मतदानका दिन भएका घटनाप्रति दुःख व्यक्त गर्दै निर्वाचनमा सहभागी आम नागरिक, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार लगायतलाई धन्यवाद व्यक्त गरेका छन् ।
प्रेस नोट
२१ मंसिर २०७४
स्थानीय तहको निर्वाचनको तुलनामा कम प्रतिशत मतदान भए पनि प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । सुनसरी, सर्लाही, भक्तपुरलगायतका जिल्लामा निर्वाचन प्रक्रियालाई अवरोध गर्ने केही घटना भए । स्याङ्जा र डोटीका केही स्थानमा मतदान केन्द्र नियन्त्रणमा लिने दुःखद् घटनासमेत भयो भने अर्घाखाँचीको एउटा मतदान केन्द्रको मतदान प्रक्रिया रद्द हुने घटना समेत भएको छ । दैलेखमा गम्भीर घाइते हुने गरी कृष्णराज बुढा र उत्तमकुमार शाहीमाथि आक्रमण गरिएको छ भने प्रमको गृहजिल्ला डडेल्धुरामा एमाले कार्यकर्तामाथि झुट्टा मुद्दा लगाउने र हतोत्साहित गर्ने कार्य भएको छ । मतदान कार्य सम्पन्न भएलगत्तै हाम्रो पार्टीका कार्यकर्तामाथि सत्ताधारी दलका कार्यकर्ताद्वारा दाङलगायतका विभिन्न जिल्लामा भएका आक्रमणका घटनाप्रति खेद व्यक्त गर्दछ ।
यी सब घटना हुँदाहुँदै पनि संविधानसभाद्वारा संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो आम निर्वाचन सम्पन्न भएको छ । राजनीतिक नेतृत्व गर्नुपर्ने सरकारको अस्तव्यस्त कार्यशैली र अनिच्छाबीच यो निर्वाचन सम्पन्न भएकोमा हाम्रो पार्टी सन्तोष व्यक्त गर्दै निर्वाचनमा उत्साहका साथ संलग्न हुने आम मतदाताहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
निर्वाचन प्रक्रियामा सक्रियतापूर्वक संलग्न राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछ । निर्वाचनको समाचार सम्पे्रषणमा महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरूप्रति धन्यवाद व्यक्त गर्दछ ।
यस निर्वाचनसँगै मुलुकमा जारी राजनीतिक संक्रमणकाल अन्त्य हुने र राष्ट्रिय एकता, स्थिरता, विकास तथा समृद्धिको नयाँ युग सुरु हुने हाम्रो पार्टी अपेक्षा गर्दछ ।
विष्णु रिमाल
प्रवक्ता

वि.सं.२०७४ मंसिर २१ बिहीवार १८:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...