back
NMB ad

यस्तो छ नुवाकोटमा पछिल्लो अपडेट

Kumari bank ad

काठमाडौँ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार साँझदेखि शुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्मको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङ तीन हजार ३३३ मतका साथ अग्रस्थानमा रहेका छन् । भने नेपाली काँग्रेसका उम्मेदवार डा रामशरण महतले दुई हजार ८७१ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडा तीन हजार ७० मतको साथ अग्रस्थानमा रहेका छन् । नेकाका उम्मेदवार अर्जुननरसिंह केसीले एक हजार ९७० मत प्रात गरेका मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिए ।

प्रतिनिधिसभातर्फ जस्तै प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश (क) मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ एक हजार ५२५ मतका साथ अग्रस्थानमा रहेकी छिन् भने नेकाका उम्मेदवार महेन्द्र थिङले एक हजार ४१ मत प्राप्त गरेका छन् । प्रदेश (ख)मा एमालेका बद्री मैनालीले एक हजार ७३९ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेदवार रमेशकुमार महतले एक हजार ११९ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (क)मा एमालेका उम्मेदवार केशवराज पाण्डेले एक हजार ९४८ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेदवार जगदीशनरसिंह केसीले एक हजार ३३४ मत प्राप्त गरेका छन् । प्रदेश (ख)मा माओवादी केन्द्रका उम्मेदवार हीरानाथ खतिवडाले एक हजार ५२६ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेदवार जगतबहादुर तामाङ एक हजार ३८८ मत प्राप्त गरेका छन् । नुवाकोटमा प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कूल छ पदका लागि ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । रासस

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०८:०८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...