back
NMB ad

फार्इनान्सको २ लाख ९० हजार कित्ता हकप्रद लिलाममा, कसरी खरिद गर्ने ?

Kumari bank ad

बेष्ट फार्इनान्स कम्पनीले संस्थापक र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार कित्ता कित्ता हकप्रद शेयरको लिलाम बिक्री खुल्ला गरेको छ। कम्पनीले नबिकेको संस्थापकतर्फको एक लाख ७ हजार कित्ता र सर्वसाधारण समूहतर्फको एक लाख ८३ हजार कित्ता हकप्रद शेयरको लिलाम बिक्री खुल्ला गरेको हो। फाईनान्सले पुष १२ गतेसम्म लिलाम बढाबढकालागि आवेदन खुला गरेको छ।
फाइनान्सले गत भदौ २७ देखि कात्तिक १४ गतेसम्म १२५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रद पश्चात फाइनान्सको चुक्ता पूँजी २९ करोड ७५ लाख रुपैयाँ पुग्ने छ।

आवेदनकालागि ग्लोबल आइएमर्इ क्यापिटल नाचघर जमल, ग्लोबल आइएमर्इ बैंकका शाखा कार्यालयहरु विरगंज, बिराटनगर, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी रहेका छन्।फाइनान्सले पूँजी पुर्याएसँगै आफ्नो संजाल बृद्धि गर्ने तथा वित्तीय सेवाहरु सुलभ तरिकाले प्रदान गर्ने जानकारी दिएको छ।

साथै फाइनान्सले सिनर्जी फाइनान्स कम्पनीलार्इ प्राप्ती गर्नकालागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेको छ। सैद्धान्तिक सहमतिसँगै फाइनान्सले चुक्ता पूँजी ७७ करोड रुपैयाँ पुर्याउने जानकारी दिएको छ। फाइनान्समा गैर आवासीय नेपालीको प्रवर्द्धन रहेको छ।

फाइनान्सले विभिन्न कम्पनीहरुको सहयोगमा बेष्ट रेमिट, आइएमर्इ रेमिट, वेष्ट्रन युनियन मनि ट्रान्सफर, बर्ल्ड लिंक मनि ट्रान्सफर, हिमाल रेमिटको सेवा प्रदान गर्दै आएको छ।

वि.सं.२०७४ पुस ९ आइतवार १३:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...