back
NMB ad

इन्स्योरेन्सको १२ लाख ८३ हजार कित्ता हकप्रद बजारमा, यसरी गर्नुहोस आवेदन..

Kumari bank ad

काठमाडौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको १२ करोड ८३ लाख मुल्य बराबरको  ३० प्रतिशत हकप्रद सेयरमा आवेदन खुलेको छ । कम्पनीले १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकोे हो ।

हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रहेको छ । ३० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर विक्री गर्न कम्पनीले एनआईसी एशिया क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । हकप्रदमा आस्वा सदस्यमा सहभागि रहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

कम्पनीको हकप्रद सेयरमा पुष १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन गर्नै सकिनेछ । हकप्रद जारी गर्न इन्स्योरेन्स कम्पनीले मंसिर १५ गते सेयरधनी किताब बन्द गरेकाले मंसिर १४ गतेसम्म कायम कम्पनीका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

साथै सेयरधनीले विक्री प्रबन्धकको कार्यालय बबरमहल, र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिनेछ ।

मंसिर १ गते शुक्रबार सम्पन्न कम्पनीको १६औं वार्षिक साधारणले चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रूपैयाँको २० प्रतिशत बोनस सेयर पारित गरेको छ । बोनस पूँजीकरण गर्दा ६४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी नाघ्नेछ ।

बीमा समितिको निर्देशन अनुरुप ३५ करोड ८५ लाख रुपैयाँ पूँजी वृद्धि गरि २०७५ असार मसान्तसम्म कम्पनीले एक अर्ब रुपैयाँ कायम गर्नुपर्नेछ ।

२०७४ पुष १६ गते प्रकाशित

वि.सं.२०७४ पुस १६ आइतवार १०:३५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...