back
NMB ad

कृषिबाट वर्षमै १५ लाख कमाउँछन नारायण

Kumari bank ad

बागलुङ । बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

पन्ध्र वर्षअघि व्यावसायिक कृषि थालेका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहेका छन् । १२ लाख रुपियाँ लगानीबाट शुरु गरेको कृषि फार्मबाट उनले अहिले वार्षिक १५ लाखसम्म आम्दानी गरेका छन् । छ वटा पोखरीमा माछापालन गरेका उनले वार्षिक आठ लाख रुपियाँसम्म आम्दानी हुने गरेको बताए ।

शर्माले आफ्नै चार रोपनी जग्गामा माछापालन गरेका छन् । पोखरीमा ग्रास, कमनलगायत विभिन्न जातका सात हजार माछा छन् । पोखरीको आलो माछा प्रतिकिलो रु ५०० मा बिक्री हुने गरेको शर्माले बताए ।

उनले फार्ममा तीन हजार ब्रोइलर र दुई हजार कोइलर जातका कुखुरा पालेका छन् । कुखुरासँगै हाँसपालन गरेका शर्माले जिल्ला कृषि र पशुसेवा कार्यालयबाट अनुदानसमेत लिएर काम गर्दै आएका छन् ।

माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट रु ६० हजार र कुखुरापालनका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु ५० हजार अनुदान पाएको शर्माले बताए । शर्माले गरेको उद्यमशीलता अन्य किसानका लागि प्रेरणादायी बनेको छ । विसं २०४७ मा शिक्षण पेशा त्यागेर कृषि रोजेका शर्मा यसमै सफल भएका छन् । फार्ममा केहीलाई रोजगारीसमेत दिएका छन् । उनी कृषिलाई अझै व्यावसायिक बनाउने सोचमा रहेका छन् ।

“उत्पादन गर्न सके बजारको कुनै समस्या छैन, कृषि कर्मबाट म पूर्ण सन्तुष्ट छु”, शर्माले भने । काठेखोला छेउँमा रहेको सो फार्मबाट उत्पादित कृषि उपज बागलुङ सदरमुकाममै खपत हुने गरेको छ । अन्त गएर गर्ने परिश्रम कृषिमा लगाउन सके मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ ।

२०७४ पुस १८ गते प्रकाशित

वि.सं.२०७४ पुस १८ मंगलवार १४:२५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...