back
NMB ad

पर्यटन विकासको नारासँगै कांग्रेसमा उम्मेदवारी घोषणा

Kumari bank ad

काठमाण्डौं । पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले विकासका लागि राजनीति नारा दिँदै पार्टीको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। उनले अबको राजनीति विकासका लागि हुनुपर्ने भन्दै त्यसको अगुवाई आफूले गर्ने दावी गरे। उनले आफ्नो उम्मेदवारीसँगै आर्थिक विकासका लागि नौ बुँदे योजना पनि अगाडि सारेका छन्।

उनले तय गरेको योजनामा पर्यटन र जलविद्युत नेपालको सबै विभाग र मन्त्रालयका सेल रहने सिसिटिभी जडान तथा अनुमति र अनुगमन शाखा, संसारका वित्तीय संस्थालाई विशेष सहुलियतमा कार्यालय खोल्न दिने र संसारकार प्राय नागरिकले बैंकिङ कारोबार नेपालबाट गर्न सक्नेगरी अनुमति दिने वा सिंगापुर, स्वीट्जरल्याण्ड वा लक्जेम्वर्गको जस्तो नीति अवलम्बन गर्ने, कर मिनाहा क्षेत्र जस्तै भैरहवा, विराटनगर, नेपालगञ्जमा एक अर्ब भन्दा ठुला व्यवसाय गर्नेले १० वर्षसम्म विशेष कर छुट पाउनुपर्ने भन्ने छ ।

यसका साथै, पर्यटनसँग अन्योन्याश्रित क्षेत्र कृषि र यसका उपजहरु पोल्ट्री, डेरी, तरकारी र सबै खाद्यवस्तु खपथका अलावा रोजगारी, विदेशी मुद्रा आर्जन, ह्याण्डिक्राफ्ट जस्ता व्यवसायी फस्टाउने जस्तो अत्यन्तै सोचनीय व्यवसायीलाई प्राथमिकतामा राखेर देशको कुल बजेटको कम्तिमा २५ प्रतिशत विनियोजना गरी विशेगरी ठुला संरचना तथा विमानस्थल बनाउने नीति लिने, हरेक वर्ष एक नयाँ प्रमुख योजना बनाउने र कूल बजेटको कम्तिमा १० प्रतिशत त्यस क्षेत्र जस्तै एक वर्ष हाइड्रो र अर्को वर्ष रेल वा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा विनियोजन गर्ने निर्णय लिने आदि रहेका छन् ।

१९ फागुन २०७२, १२.००

वि.सं.२०७२ फागुन १९ बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...