back
NMB ad

कांग्रेस महाधविशेन सुरु: देउवा, पौडेल र सिटौलाले गरे प्यानल घोषणा

Kumari bank ad

काठमाण्डौं । नेपाली कांग्रेसको आजबाट सुरु भएको १३ औं महाधिवेशनका लागि संस्थापन पक्षका दुई प्यानल सहित तीन जना शेरबहादुर देउवा, राचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले सभापति पदका लागि आफ्नो उम्मेदवारी दिँदै प्यानल घोषणा गरेका छन् ।

आज घोषणा गरिएको शेरबहादुर देउवाको प्यानलमा महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषध्यक्षमा चीत्रलेखा यादवलाई उम्मेदवार बनाइएको छ । कुलबहादुर गुरुङ र खुमबहादुर खड्काले शेरबहादुर देउवालाई सभापतिमा प्रस्ताव गरेका हुन् ।

त्यस्तै हिजै घोषणा गरिएको रामचन्द्र पौडेलको प्यानलमा महामन्त्रीमा शशांक कोइराला रहेका छन् । महामन्त्री प्रकाशमान सिंहको प्रस्ताव र केन्द्रीय सदस्य रामशरण महतको समर्थनमा पौडेलले प्यानलको औपचारिक घोषणा गरेका थिए ।

यसैगरी हिजै कृष्णप्रसाद सिटौलाले सभापति पदका लागि आफ्नो उम्मेदवारी सहित प्यानल घोषणा गरेका थिए । उनको प्यानलमा महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी सहितको प्यानल घोषणा गरिएको छ । योसँगै गगन थापा आफ्नै ससुरा अर्जुननरसिंह केसी सित सोही पदका दाबेदार भएका छन् ।

हिजो सभापति पदका लागि आफ्नो उम्मेदवारी दिएकी सुजाता कोइरालाले भने रामचन्द्र पौडेललाई समर्थन दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् ।

२० फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन २० बिहीवार १२:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...